arrow

नेबिसंघ गौरादहको नगर सभापतिमा नेपाल सर्बसम्मत

logo
युबराज रेग्मी
प्रकाशित २०७५ पुष ५ बिहिबार
nebisangh-gauradaha.jpg

झापा । नेपाल बिद्यार्थी संघ गौरादह नगर समितिको प्रथम नगर सम्मेलनबाट बाबुराम नेपालको सभापतित्वमा १३ सदस्यीय नगर कार्यसमिति सर्बसम्मतले चयन गरिएको  छ ।

नेपाली काङ्ग्रेस गौरादह नगर उपसभापति कुन्दन गिरिको सभापतित्वमा गौरादह कृषि क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा न ९ का वडा अध्यक्ष सिताराम भट्टराई, अतिथिहरुमा गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जीवन राई, वडा न २ का वडा अध्यक्ष हेमन्त कार्की, लायन्स क्लब गौरादहका च्याप्टर प्रेसिडेन्ट भुपाल राज कटवाल, इमान सिंह तामाङ, नेबिसंघ जिल्ला सदस्य रामचन्द्र अधिकारी दमक बहुमुखी क्याम्पसका स्वबि यु सभापति बिनोद गुरागाई लगायतको उपस्थिति रहेको थियो ।  

नेपाली काङ्ग्रेस जिल्ला प्रतिनिधि बद्री कार्की र नेबिसंघ जिल्ला सदस्य रामचन्द्र अधिकारीको रोहबरमा नब गठित कार्यसमितिको उपसभापतिमा सृजना भन्डारी, सचिब धनार्जन चौहान, सह सचिब दिवस ठाकुर ,कोषाध्यक्षमा मुना रेग्मी, सह कोषाध्यक्षमा चन्द्रप्रसाद राजबंशी रहेका छन् । 

त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुजन थापा, नबराज रिजाल, सुरज प्रसाईं, मानबहादुर पराजुली, सुबास तामाङ र रोजिना भण्डारी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ