arrow

भुतप्रेत भगाउने भन्दै तीन जनाले १० वर्षे बालकलाई हाने तताएको पन्युले, बालक गम्भीर 

logo
 जनक बोहरा 
प्रकाशित २०७५ पुष ५ बिहिबार
bajura-district.png

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा गएको मंसिर २८ गते तताएको पन्युले हान्दा करिव १० वर्षीय एक जना बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पन्युले हानेको जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दायर गर्दा खुलासा भएको हो ।


भुतप्रेत लागेको निको पार्छाै भन्दै पन्यु तताएर झारफुक गरी स्थानीय तीन जनाले तताएको पन्युले हान्दा उक्त बालकको मुख, जिब्रो र छातीमा चोट हानेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए । 

उनले दिएको जानकारी अनुसार तताएको तातो पन्युले हान्ने र पन्यु तताउन सहयोग गर्ने तीनै जनालाई पक्राउ गरि मुद्धा समेत दर्ता गरिएको छ ।

अभियुक्तहरुलाई पन्युले जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । 


घाइते भएका बालकको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको बताइएको छ । घटनाका अभियुक्तलाई अनुसन्धानपछि जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको निमित्त प्रहरी प्रमुख गुरुले बताए । 


अभियुक्तमध्ये दुई जनाको उनी पढ्ने सम्बन्धित विद्यालयबाट आवश्यक कागजात मगाइएको प्रहरीले बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ