arrow

जेठभित्र अर्ली महाधिवेशन, नत्र चैत्रभित्र संक्रमणकालीन व्यवस्था अनुसार नयाँ संरचना – कृष्ण सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७५ पुष १२ बिहिबार
krishna-sitaula2.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जेठभित्र अली महाधिवेशन गर्न आग्रह गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेता सिटौलाले यदि जेठभित्र अर्ली महाधिवेशन गर्न नेतृत्व तयार नभए चैत्रभित्र संकमणकालीन व्यवस्था अनुसार सबै तहमा नयाँ संरचना बनाउन माग गरेका छन् । 

महासमिति बैठकले केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित हुनुपर्ने माग गरेको भन्दै सिटौलाले महासमितिको सुझावलाई समेटेर केन्द्रीय समितिले विधान पारित गर्ने बताए । 

नयाँ विधानसंघिय संरचना अनुसार बनाइएको दावी गर्दै सिटौलाले विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको जानकारी दिए । 

पुरानो अनुभवको आधारमा सभापतिले पदाधिकारी मनोनयन गर्न नसकेको कारण निर्वाचित हुने व्यवस्था गरिएको उनको भनाइ छ । 

सबै पदाधिकारी निर्वाचित हुनुपर्दा चाकडी, चाप्लुसी र पैसाको प्रभाव कम हुने विश्वाससमेत नेता सिटौलाले गरेका छन् । 

महासमिति वैठकको उपलब्धीको रुपमा संघीय संरचनाको विधान आएको उनले बताए । उनले महासमिति अव्यवस्थापन बीचको व्यवस्थापनको नतिजा हो भनेका छन् । 

पछिल्लो समय कांग्रेसले खेलेको भूमिकालाई लिएर नेता सिटौलाले भने, ‘सत्ता निरंकुश बन्दै जांदा कांग्रेसको विपक्षी भुमिका संसद र सडकमा कमजोर भयो ।’

उनले काँग्रेस चुप लागेर बस्न नहुने भन्दै सरकारका गलत कामको भण्डाफोर गर्न तयार हुन पनि सबै काँग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

नेता सिटौलाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिले लोकतन्त्रको सीमा नाघेको टिप्पणीसमेत गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ