arrow

पारस शाह परिवार बिना नै जन्मदिन मनाउँदै  

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
paras-himani.jpeg

काठमाडौं । परिवारका सबै सदस्य अंग्रेजी महिनाको नयाँ वर्ष मनाउन पोखरा हानिएका बेला पूर्व युवराज पारस शाह भने चितवन यात्रामा निस्केका छन् । 

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह पुस २ गते नै पोखरा गएका थिए । उनीहरुसंगै पूर्व युवराज्ञी हिमानी र छोरा–छोरी पोखरामा हुँदा पारस एक्लै चितवन हानिए । 

यसअघि पारसले अधिकांश जन्मदिन छोराछोरीसंगै मनाउने गर्दै आएका थिए । यसपटक उनले साथीहरूसँग रहेर जन्मदिन मनाउने छन् । 


उनी आइतबार ४९ वर्षका लागेका छन् । उनी शनिबार साथीहरुसंग चितवन पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ