arrow

नेविसंघ पाँचथरको अध्यक्षमा तुलसी आचार्य निर्विरोध

logo
प्रकाशित २०७५ पुष २१ शनिबार
nsu-panchathar.jpg

पाँचथर। नेपाल विद्यार्थी संघ पाँचथरको अधिवेशनले सर्वसम्मतीले कार्यसमिति चयन गरेको छ। कार्यसमितिको अध्यक्षमा तुलसी आचार्य निर्विरोध भएका हुन्। आचार्य यसअघी पनि अध्यक्ष थिए। 

त्यसैगरि उपाध्यक्षमा धनकुमार लावती, सचिबमा प्रदिप भण्डारी, सहसचिबमा सुजन ओझा लगाायतको कार्यसमिति पनि निर्वाचित भएको छ। 

नेपाल विद्यार्थी संघ महाधिवेशनको तयारीका क्रममा जिल्ला अधिवेशन गरिरहेको छ। हालसम्म करिव २० जिल्लाको अधिवेशन सकिएको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ। 

पुष मसान्तभित्र अधिवेशन गर्ने भनिएपनि जिल्ला तथा क्याम्पसको अधिवेशन नसकिदा महाधिवेशन समयमै हुनेमा भने आशंका उब्जिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ