arrow

बझाङमा बर्षासँगै हिमपात सुरु, जनजीवन प्रभावित

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ माघ ९ बुधबार
bajhag-himpat.JPG

बझाङ ।  सोमबार राती देखी सामान्य वर्षासँगै हिमपात सुरु भएपछि जिललाको जनजिबन कष्टकर भएको छ । हिमपातसँगै बर्षाका सुरु भएपछि चिसो बढेको बढेपछि जनजिवन थप कष्टकर बनेको हो । जिल्लाका उच्च हिमाली क्षेत्र काँडा, दहवगर, सुर्मा, दौलिचौर, मेलविसौना, दाँतोला, रिलु, मष्टा, कोटदेवल, कैलास, गडराय, पाटादेवल लगायतका ठाँउमा हिमपात भएको छ ।

हिमपात र वर्षा सँगै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको छ । दैनिक कामकाजका लागी मानिसहरु घर बाहिर निस्कन सकेका छैनन । विगतका बर्षहरुको भन्दा यस बर्ष चिसो अत्याधिक बढेको स्थानीयको भनाई छ । चिसोको असर वालवालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ ।

दुई दिन देखी लागेको बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि प्रभावित भएको छ भने बिद्युत सेवा समेत अबरुद्ध भएको छ  । सोमबार राती देखी नै स्काई तथा नमस्ते र लेण्ड लाइनको टेलीफोनको नेटर्वकले काम नगर्ने समस्या देखिएको सेवाग्राहीहरुको भनाई छ । सौर्य प्रणाली चार्ज नेटवर्कको सिष्टम चार्ज हुन नसक्दा टेलीपफोन सेवा अबरुद्ध भएको नेपाल टेलीकम कार्यालय जनाएको छ ।

सौर्य सेवाबाट ब्याट्रीहरु रिचार्ज हुन नसक्दा जिल्लामा संचालित एफ.एम रेडियोको प्रसारणमा पनि असर परेको सेती सामुदायिक एफ.एमका स्टेशन म्यानेजर रमेश के.सीले बताए। उनले भने, ‘जिल्ला सदरमुकाम चैनपुरमा ५ वटा रेडियो स्टेशन छन । सबै रेडियोहरुले रिले प्रसारण गरेका छन । रेडियोको टावर राखेको ठाँउमा हिमपात भएको छ घाम नलागेर व्याट्री चार्ज नहुँदा रेडियोको दैनिक प्रसारणमा अवरुद्ध भएको हो’ ।

यस्तै हिमपातका कारण जिल्लाको एकमात्र जयपृथ्बी राजमार्ग समेत अबरुद्ध भएको छ । बैतडी जिललाको श्रीभावर क्षेत्रमा बाक्लो हिमपात भएपछि जिल्ला भित्र आउने तथा जाने लामो यातायातका साधनहरु समेत ठप्प भएका छन् ।  वर्षा नभएका कारण अधिकांस क्षेत्रमा हिउँदेबाली राम्ररी उम्रन पाएका छैनन भने उम्रेका वाली पनि सुकेर पहेलो हुन थालेका छन । ढिलो गरी पानी परे पनि यो वर्षा बालीनालीका  लागी पर्याप्त नभएको किसानहरुको भनाई छ । विगतका बर्षहरुमा कात्र्तिकको पहिलो साता तिर हिमपात भएको थियो । यसपाली एक महिना ढिला गरि हिमपात भएको छ र पनि माघ फागुन तिर भारी हिमपात नभए बाली सप्रने किसानहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ