arrow

जनताले दिएको जनमतको दुपयोग नगर्न आचार्यको आग्रह

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
mahesh-acharya-G-new.jpeg

बेझाड ।नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले जनताले दिएको जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

पाल्पाको रामपुरमा बुधबार कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गरे।

उनले विकासमा पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हुँदैन भने।

उनले शक्तिको स्रोत सत्ता होइन जनता हो भन्दै जनतासँग निकट भएर जनताले उठाएका राष्ट्रिय मुद्दाको निकास दिने काम कांग्रेस नेतृत्वको सरकारले गरेको दाबी गरे।

७२ वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा, दमन शोषणविरुद्ध, जनताको हितका लागि कांग्रेसले काम गरेको उनले चर्चा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ