स्वार्थी समूहका अगाडि बिक्यो कम्युनिष्ट सरकार : गगन थापा
प्रकाशित २०७५ माघ ११ शुक्रबार
612
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले कम्युनिष्ट सरकार ५ प्रतिशत स्वार्थी समूहको अगाडि विकेको प्रतिक्रिया दिएका छन् । शुक्रबार प्रतिपक्षीको नाराबाजीका बाबजुत सत्तापक्षले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेसँगै पत्रकारहरुसँग कुराकानी गर्दै नेता थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
नेता थापाले जालझेल पूर्ण ढंगले सभामुखद्वारा शुक्रबारको संसद बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गराएको आरोप समेत थापाले लगाएका छन् । उनले सभामुखको शुक्रबार आग्रहपूर्ण व्यवहारमात्रै नदेखिएर सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्न खुल्ला मञ्चबाट दिएको आदेश सभामुखले पालना गरेको आरोप समेत थापाले लगाएका छन् ।
उनले यो विधेयक पारित गराउनको लागि सरकार भन्दा पनि बढी सभामुख महरा आग्रही र हतारिएको आरोप समेत थापाको छ । उनले सदनको नियम ११ ले सरकारी नियममाथि शुक्रबार छलफल गर्नै नपाउने व्यवस्थालाई टेकेर शुक्रबार सो कार्यसूची नराख्न सक्ने आधार हुँदा हुँदै प्रतिपक्षीको विरोधका बाबजुत विधेयक पारित गरिनुले सभामुखको नियत माथि नै प्रश्न उठेको समेत थापाको बुझाई छ ।
उनले डा. गोविन्द केसीसँग भएको सम्झौता लत्याएर समाजवादी भन्ने कम्युनिष्ट सरकारले जनताको हित विपरितको विधेयकलाई ताली बजाएर पारित गरेकोमा कम्युनिष्ट सरकारलाई बधाई भनेका छन् । उनले ५ प्रतिशतको स्वार्थको लागि सरकार प्रतिपक्षसँग मुढभेड गर्न तयार भएको, गोविन्द केसीलाई मार्न तयार हुनुले सरकार शक्तिशाली हो कि सरकारलाई चलाउने शक्तिशाली हो ? भन्ने प्रश्न उब्जिएको उनको बुझाई छ ।