- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । विराटनगर स्थित वार्ड नं. ४ वडा समितिले बिहिवार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यतो बताएका हुन् ।
कांग्रेस नेतृत्व तहले २०७६ भित्रै महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास उनको छ । कांग्रेस राजनीतिक चरित्र बोकेको पार्टी भएको भन्दै उनले सनकको भरमा गलत काम नगर्ने बताए । कांग्रेसको संगठन कमजोर बनेको र त्यसलाई उर्जाशिल बनाउन महाधिवेशन आवश्यक रहेको कोइरालाले बताए ।
उनले समयमै महाधिवेशन नभए कांग्रेस सधैका लागि कमजोर ठहरिने बताए । संगठनलाई उर्जा भर्न आफु अग्रसर भएको र त्यसका लागि सहयोग गर्न कांग्रेस कार्यकर्ता शुभेच्छुक संग कोइरालाले आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की, चुमनारायण तवदार,विराटनगर महानगरका मेयर भीम पराजुली ,वार्ड नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल ,कांग्रेस वडा वुथ समिति सभापति राजकुमार तवदार , बलक राजबंशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उठेका सवालमा मेयर भीम पराजुलीले स्थानीय जनताका साझा सवालका विषयमा दत्तचित्त भएर काम गरिरहेको बताए । केही महिना भित्रै पोल र तारको समस्या वाट बिजुली बत्ती बाल्न पाएनौ भन्ने स्थिती आउन नदिने मेयर पराजुलीले प्रतिबद्धता ब्यक्त गरे ।