डोटी । डोटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल विद्यार्थी संघ डोटीले शुक्रवार जिल्ला प्रशासन अगाडी सरकारको विरोधमा नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
कम्युनिष्ट सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको नेविसंघ डोटीले जनाएको छ ।
सरकारले बुहमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गरेको विरोध र निर्मला पन्तका हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाउँदै पुत्ला दहन गरिएको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।
साथै केन्द्रिय कार्यक्रम अनुसार शनिवारका दिन सरकारी स्तरका (सेतो प्लेटका )गाडी चल्न नदीने पनि अध्यक्ष खड्काले बताए ।