काठमाडौं। नेपाल विद्यार्थी संघले विरोधका कार्यक्रमलाई विभिन्न स्वरुपमा जारी राखेको छ। सडकमा उत्रिएर विरोधका विभिन्न कार्यक्रम गर्दै आएका नेविसंघका विद्यार्थीहरुले कार्यक्रममा विविधिकरण पनि गरेका छन्।
सरकार विरोधी कार्यक्रमका क्रममा सिंहदरवार अगाडी निषेधित क्षेत्रमै विरोध कार्यक्रम गरेका नेविसंघका कार्यकर्ताले सिंहदरवारलाई नै चुनौती दिन अन्य कार्यक्रम पनि थपेका छन्। नेविसंघका महामन्त्री कुन्दन काफ्ले एकांकी खालका कार्यक्रम भन्दा सबैको ध्यानाकर्षण हुने कार्यक्रमहरुमा आफूहरुले ध्यान दिएको बताउँछन्।
काफ्लेसँगै निकट मानिएका नेविसंघका केन्द्रीय सदस्यहरुदेखि इकाइ समितिमा काम गरेकाहरु र आम कार्यकर्ताहरु पनि नयाँ नयाँ खालको कार्यक्रममा जुटेका छन्।
नेविसंघका अध्यक्ष नैनसिहं महरले देशैभरि विभिन्न विरोधका कार्यक्रमहरु भइरहेको बताए। देशैभरि विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउने र राँके जुलुस लगायतका कार्यक्रम गरिरहेको उनले बताए।
विरोधका कार्यक्रम अन्तर्गत कतिपय ठाउँमा सरकारी सवारी साधा तोडफोड र आगजनी पनि भएका छन्। शनिवार सरकारी सवारी साधान चलद्न नदिने आन्दोलनका कार्यक्रमलाई अवत्ता गरेको भन्दै पोखरामा एक सरकारी गाडी विद्यार्थीहरुले आगजनी गरिदिए। त्यसको मिश्रीत प्रतिक्रिया उत्पन्न भएको छ।
काठमाडौंमा पनि सरकारी सवारी साधन चल्न नदिने घोषित कार्यक्रमलाई फरक ढंगले आफूहरुले सञ्चालन गरेको काफ्लेले बताए। काफ्ले निकट केन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाइमा सरकारी गाडीमा माफिया सरकार मुर्दावाद लेख्ने अभियान सुर्खेतसम्म पुग्यो। सुर्खेतमा अनिल केन्द्रीय सदस्य अनिल वहादुर शाहीहरुले यस्को नेतृत्व गरे। त्यस्को आफ्नो ठाउँमा चर्चा भइरहँदा विदाको दिन सरकारी साधान चलाउनेहरुको साँचो खोस्ने अभियानलाई पनि नेविसंघले अभियानकै रुपमा लगरेको छ।
सरकारी सम्पतीको संरक्षणको नीति अन्तर्गत पनि आफूहरुले विदाको दिन सरकारी गाडी नियन्त्रणमा लिने अभियान थालेको केन्द्रीय सदस्य सुशील भट्टले बताए। उनीहरुले शनिवार प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडी सहित ६ वटा सवारी साधनको साँचो नियन्त्रणमा लिएका छन् ।
शनिबार राजधानीको लाजिम्पाटबाट भट्ट सहित निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको साँचो नियन्त्रणमा लिएका हुन् ।
शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै ढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको साँचो उनीहरुले खोसेका थिए । यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका छन्।
सबै सवारी साधनको साँचो ५ वजेपछि ट्राफिक प्रहरीलाई जिम्मा लगाइने काफ्लेले बताए। यो अभियानलाई शनिवार र अन्य सरकारी विदाको दिन कडाइका साथ लागू गरिने उनले जानकारी दिए।
नेविसंघका विद्यार्थीहरुले सडकमै गुडिरहेको सवारी साधन कब्जामा लिइ साँचो खोसेर त्यसमा सवारहरुलाई झारिदिएपछि सरकारी अधिकारी र तिनका आफन्तहरुले आफूहरु नेविसंघको ट्रयापमा परेको प्रतिक्रिया दिएका छन्। अनुमति लिएरै आफूहरुले सवारी चलाए पनि दुरुपयोगको दृष्टीबाट आफूहरुको गाडी खोसेको विषयमा भने उनीहरुले प्रतिक्रिया जनाएनन्।
साँचो फिर्ता गर्यो नेविसंघले
शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडी, मे १ झ १५१ नम्बरको गाडी सहित अरु आधा दर्जन गाडी ५ बजे ट्राफिक कार्यालयमा हस्तान्तरण गर्न लाग्दा प्रहरीले नमानेपछि महामन्त्री काफ्लेले सम्बन्धि ब्यक्तिहरुलाई पत्रकार सहितको उपस्थितिमा हस्तान्तरण गरेका थिए।