arrow

टेलिकमको लेनदेन नमिल्दा ओली–प्रचण्डबीच मारामार, कतै भागबन्डा मिल्यो कि !

भन्ने बेलामा भ्रष्टाचारमा शून्य सहनशीलता खाने बेलामा अर्बौं रुपैयाँ  

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
oli-prachanda.gif.gif

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र टकरावको स्थिति देखिएको छ । गत जेठ ३ गते पार्टी एकता भए पनि पूर्ण रुपले अहिलेसम्म एकता हुन नसक्नुको पछाडि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै भएको बुझिन्छ । 

एकले अर्कालाई कसरी माइनस गर्न सकिन्छ भनेर दुवै जना लागिरहन्छन् । त्यसको ज्वलन्त उदाहरण पछिल्ला गतिविधि नै हुन् । एकातिर पार्टी एकता हुन नसक्नु र अर्कातिर प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकार र पार्टीभित्र हालीमुहाली गर्न खोज्दा प्रचण्ड रन्थनिएका छन् । 

टेलिकम प्रकरणमा लेनदेन मिलेन 
प्रचण्डको रन्थनाइ बाँडिचुँडी खान नपाएको झोंक भएको उच्च स्रोत बताउँछ । स्रोतका अनुसार टेलिकमको १२ अरव भन्दा बढी रकम ओलीले उनका बफादार संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटामार्फत एकलौटी बनाएर दाहाललाई नदिएपछि नयाँ बखेडा शुरु भएको हो।  

एनटीसीको फोरजी विस्तार काण्डमा १९ अर्बमा नेपाल टेलिकमले हु्वावेको भगिनी संस्थालाई टेण्डर दिएको थियो। तर त्यो खर्चमा १२ अर्ब बढीको चलखेल भएको प्रसंगमा प्रचण्डले भाग खोजेका थिए । तर उनले त्यसबाट कुनै रकम हात नपारेपछि उनी बिच्किएका हुन्। 

खासमा फोरजीका लागि निजी कम्पनी एनसेलले जम्मा ४ अर्बमा काम गर्यो । तर टेलिकमले चिनियाँ कम्पनी हुवावेलाई १९ अर्बमा लगायो । अनि १२ अर्बभन्दा बढी भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । 

एउटा अध्यक्षले त्यतिठूलो र मोटो रकममा तर मार्दा अर्का अध्यक्ष प्रचण्डले एक रुप्पे पनि नपाएपछि उनी ओलीमाथि खन्निएको आरोप लाग्न थालेको छ । 

यसरी मिलाउँदै थिए प्रचण्डले सेटिङ
खासमा यसको मुख्य योजनाकार प्रचण्ड थिए। उनले टेलिकमकी तत्कालीन एमडी कामिनी राजभण्डारीमार्फत यो सबै सेटिङ गर्दै थिए । 

कामिनीले यसअघीका सञ्चारमन्त्रीलाई देखाएको व्रिफिङ पेपर प्रचण्डलाई पनि देखाएकी थिइन। त्यसमा फोरजीको टेण्डर लगाउँदा हुने आर्कथिक हिसावकितावको लेखाजोखा पनि थियो। 

कामिनीलाई फेरि एमडी बनाउन सके प्रचण्डले आफ्नो नुकलमा टेलिकमलाई चलाउन पनि योजना बनाएका थिए।  

तर कामिनीको संचारमन्त्री बाँस्कोटासंग भने राम्रो टर्म हुन सकेन । आखिरमा बास्कोटाले नै उनलाई हटाइछाडे र नयाँ नियुक्ती दिलाए। 

यहि बीचमा टेलिकम सञ्चालक समितिले फोरजीको ठेक्का चिनियाँ कम्पनीलाई नै दिने टुङगो लगायो।टेलिकममा यति ठूलो डील हुँदा पनि आफूलाई माइनस गरेको थाहा पाएका प्रचण्ड प्रधानमन्त्री र सञ्चारमन्त्रीसँग धेरै नै रिसाएका थिए। तर उनले यो विषयमा बाहिर बोल्न सक्ने अवस्था थिएन। यस कारण पनि उनी अन्य कुनै राजनीतिक मद्धामा बोल्न चाहन्थे। त्यसैले प्रचण्डको अहिलेको असन्तुष्टी राजनीतिक रुपमा देखिएपनि भित्री रुपमा भने टेलिकमको ठेक्काको रकमको लेनदेन नमिलेरै हो भन्छन जानकारहरु। 

कि कुरो मिल्यो त ? 
यसको कुरो मिलेको पनि हुन सक्छ । विवाद बढ्दै जाँदा गत शनिबार दुवै अध्यक्षबीच छलफल भएको छ । यो छलफलमा कमिशनको छलफल पनि चलेको हुन सक्ने बुझिन्छ । 

यदि यो कमिशनको चक्कर मिलेको भए पक्कै पनि अबदेखि ओली र प्रचण्ड एउटै गाँठोमा बाँधिएर हिँड्ने छन् । चक्कर नमिलेको भए फेरि राजनीतिक तरंग देखिने छ । 

फगत यो तरंग केबल पानीको फोका जस्तै हो । राजनीतिक विष्लेषक खगेन्द्र संग्रौलाको भनाइलाई मान्ने हो भने ओली मालिक हुन् र प्रचण्ड माग्ने । 

तर ओलीले एकातिर भ्रष्टाचारमा शून्य सहनशिलता भन्ने र अर्कातिर आफैले मोटो रकम हसुर्ने बानीले देश कंगाल बन्ने स्पष्टै छ । 

यो प्रसंगलाई वाइडबडी विमान खरिद प्रकरणभन्दा पनि ठूलो भ्रष्टाचारको रुपमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत यो विषयमा उजुरी परिसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ