arrow

ठाकुरको सरुवा ट्रष्टमा, जगेडामा रहेका शर्माले पाए खानेपानी मन्त्रालयको जिम्मा

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । मंगलबार खानेपानी मन्त्रालयबाट सरुवा गरेका ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयको जिम्मा दिईएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दिपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका थिए ।

ठाकुरलाई पठाईएको नेपाल ट्रष्टको कार्यालयमा अधिकार र काम पनि खासै नहुने भएकोले उनलाई कारबाही स्वरुप सो निकायमा पठाईएको बताईएको छ । त्यस्तै, खेलकुद मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा र पर्यटनमा रहेका कृष्ण प्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । 

सचिव विष्णु प्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । उनी रक्षा मन्त्रालयमा थिए । रक्षा मन्त्रालयको जिम्मेवारी भने रेश्मीराज पाण्डेलाई दिइएको छ । साथै मन्त्रिपरिषद् बैठकले सुर्य गौतमलाई सचिवमा वढुवा गर्ने निर्णय पनि गरेको छ । बढुवा भएका सचिव गौतमको जिम्मेवारी महालेखा नियन्त्रकको कार्यालयमा तोकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ