arrow

भक्तपुरको क्यान्सर अस्पतालमा १८ करोडको अत्याधुनिक रेडियो थेरापी लिनाक मेशिन भित्रियो

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
bhaktapur-cancer-hospital1.jpg

भक्तपुर। नेपालको पहिलो क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक रेडियो थेरापी लिनाक मेशिन भित्रयाएको छ। करीब १८ करोड पर्ने यो मेशिन एक साताअघि नेपाल ल्याइ पुरयाएसंगै अब यो अस्पतालले क्यान्सरको उपचारमा बैशाख भित्रमा अत्याधुनिक सेवा सुरु गर्ने तयारी गरेको छ। अस्पतालले नेपाल सरकारको ५ करोड अनुदानमा अत्याधुनिक रेडियो थेरापी लिनाक मेशिन ल्याएको हो।

रेडियो थेरापीका लागि अत्याधुनिक मेशिन लिनाक 

रेडियो थेरापीका लागि अत्याधुनिक मेशिन लिनाक भित्रिएसंगै यसले क्यान्सरको उपचारमा कोबाल्ट-६० ले भन्दा प्रभावकारी सेवा दिनुका साथै क्यान्सरको उपचारमा हुने नकरात्मक असरलाई कम गर्ने भक्तपुर अस्पतालले जनाएको छ। यो लिनाक कोबाल्ट-६० भन्दा बिकसित, शरिरमा क्यान्सर बाहेकका अंगमा क्षति पुग्न नदिने तथा सुक्ष्म क्यान्सरको उपचार गर्ने राम्रो प्रबिधि हो। यसमा सबैभन्दा राम्रो भनेको कोबाल्टमा जस्तो पारमाणविक सोर्स नहुने भएकाले यो प्रबिधि प्रयोग गर्ने स्वास्थ्यकर्मी संगै बिरामीलाई पनि साइड इफेक्ट हुन दिदैन। 

साथै यो मेशिनबाट एउटा कोर्स पुरा गर्न निजीले ४/५ लाख रुपैया लिदै आएकोमा भक्तपुर अस्पतालले ५०/६० हजार रुपैयामा सेवा दिने लक्ष्य रहेको श्रेष्ठले बताएको छ। नेपाल सरकारको अनुदानमा ल्याएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि भने रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्र श्रेष्ठले जानकारी दिए। यो सेवा सुरु भएपछि गरीब तथा मध्यम बर्गमा उपचार सेवा सस्तो र सहज रुपमा पुग्ने अस्पतालले अपेक्षा लिएको छ।

भारत सरकारको अनुदानमा भाभाट्रोन रेडियो थेरापी

यसैगरी भारत सरकारको अनुदानमा फेरी अर्को भाभाट्रोन रेडियो थेरापी ल्याउने तयारी बंकर नहुदा आउनेमा अन्योलता परेको छ। क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी भारतबाट ल्याउने तयारी छ।

यो भाभाट्रोन उपकरण कोबाल्ट-६० विथ सिमुलेटर पनि भारतबाट ल्याउने तयारी भएपनि राख्ने स्थानको अभाबमा समस्या भएको छ। भाभाट्रोन मेशिन राख्नका लागि अत्याधुनिक घर बंकर आबश्यक पर्छ। जुन निर्माणका लागि भक्तपुर अस्पतालले सरकारलाई गुहारिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा निःशुल्क प्रदान गरीने घोषणा भएको यो मेशिन राख्ने स्थान नहुदा ल्याउन नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले बताए।

नेपाल अर्बुद रोग निवारण संस्थाको स्थापना बर्ष मनाउने क्रममा एक महिनाअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बंकर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिले सम्म पनि यसलाई ल्याउन र बंकर बनाउनका लागि सरकारी प्रतिबद्धता बाहेक कार्यान्वयनको प्रयास नभएको अस्पतालले जनाएको छ।

यो मेशिन पनि आएमा भक्तपुर अस्पतालमा क्यान्सरको उपचारमा रेडियो थेरापि दिने मेशिन संख्या तीन पुग्ने र बिरामीलाई सहजरुपमा सेवा दिन सकिने अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले बताए। करीब १० करोड पर्ने यो मेशिन आएपछि हाल सञ्चालनमा रहेको २० वर्ष पुरानो कोबाल्ट रेडियो थेरापी मेशिनलाई प्यालिएटिभ केयरका लागि प्रयोगमा ल्याउने तयारी अस्पतालको छ। 

यसैगरी, भारत सरकारले दिने भनेको भाभाट्रोन रेडियो थेरापी उपकरण आएसंगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने अस्पतालको प्रशासनले जनाएको छ। अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले अहिले पनि रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीलाई दुई महिना कुर्नुपर्ने वाध्यता रहेको बताए। 

पुरानो मेशिनबाट हाल दैनिक एक सय देखि १ सय १५ जनासम्मको थेरापी हुँदै आएको छ। हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ५ सय जनाभन्दा बढी बिरामी आउने गरेका छन् 

विसं २०५५ मा रोटरी क्लब अफ युकेलगायतको सहयोगमा अस्पताललाई प्राप्त साइरस रेडियो थेरापी कोबाल्ट मेशिनले हालसम्म सेवा दिँदै आए पनि पुरानो भएकाले पछिल्लो समयमा अपेक्षित सेवा दिन नसकिएको अस्पतालले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ