arrow

निर्मलाको हत्यारा पत्ता नलगाउँदा दूराचारीको मनोबल बढ्यो, प्रहरीले उजुरी नै नलिएको आरोप

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
Rape-Cases.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको हत्यारा पत्ता नलाग्दा अहिले बलात्कारीको मनोबल बढ्दै गएको देखिएको छ । पछिल्ला समय आएका बलात्कार पछि हत्या गरिएको घटना बढ्दै जाँदा कलिला छोरीचेलीहरु असुरक्षित बन्दै गएको भेटिएको हो । तर, सरकार भने यसमा मुकदर्शक बनेको देखिएको छ । केही मुद्दामा बलात्कारीलाई कारबाहीमा ल्याएको भएपनि चर्चित बनेको निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा त्यस्ता दूराचारीहरुको मनोबल बढेको देखिएको छ । 

प्रदेश नं २ का विभिन्न जिल्लाहरुमा पछिल्लो ३ महिनामा ४ जना बालिकोको बलात्कारपछि हत्या भएको विषय राष्ट्रिय सभाको बैठकमा उठेको छ । राष्ट्रिय सभा सदस्य रापृत पाशवानले विभिन्न जिल्लामा ३ महिनामा ४ वटा सामूहिक बलात्कार पछि हत्या भएको घटनाका एक जना पनि दोषी पत्ता नलागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ३ को हरिपुर गाउँमा रेश्मा रसाईलीको हत्या भएको एक साता नाघिसकेको छ । तर, प्रहरीले अहिलेसम्म त्यो घटनाका दोषीलाई कारबाही गर्न सकेको छैन। मंगलबार मात्रै प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको बताएको छ । एक साता अघि ११ उनलाई बलात्कारपछि जिउँदै जलाईएको थियो । मिथिला नगरपालिका-३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो ।

त्यस्तै, गत कात्तिक ८ गते सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ की ४५ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको थियो। राति ११ बजेको समयमा सोहि वडा निवासी ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षिय गंगाधर साह तेली र एक जना नचिनेको अपरिचित व्यक्तिले ति महिलाको सामुहिक रुपमा वलात्कार गरेका हुन्। पतिकै सामुन्ने पत्नीको मुख थुनी आँखामा पट्टी बाधेर ज्यान मार्ने धम्की दिई सामुहिक बलात्कार गरेको पीडित महिलाका पतिले दुखेसो गरे। 

सो घटनाका दोषी विरुद्ध किटानी जाहेरी दिईएको भएपनि दोषी अझै खुलेहाम बाहिर घुमिरहेको प्रति पनि पाशवानले आपत्ति जनाएका छन् । सर्लाही जिल्ला कविलासी नगरपालिका –७ मा सन्ध्या कुमारी रामको बलात्कारपछि हत्या गरिएको छ । सो घटनाको मुद्दा दर्ता गर्न बारम्बार प्रयास गर्दा पनि मुद्दा दर्ता नगरेको आरोप उनले लगाएका छन् । 

अर्कोतिर मंसिर ५ गते पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं १८ मा एक किशोरीको सामूहिक बलात्कार भएको छ । यो घटनाका दोषीलाई पनि प्रहरीले कारबाही गर्न नसकेको उनको आरोप छ । यस्ता गम्भीर मानव अघिकार उल्लंघनका घटनाहरु दिनप्रतिदिन बढ्दो मात्रामा रहेको छ । सुशासनको पूर्ण व्यवस्था भएको भन्ने सरकार यस्ता घटनाप्रति मुकदर्शक बनेर बसेको छ । दोषीले दण्ड नपाउँदा यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ