arrow

'लुट्न सके लुट्...' प्रति लक्षित हुँदै ओलीले भने ‘नचाहिने कुरामा उत्ताउलिँदैछौं हामी’

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
pm-oli-5.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतलाई लक्षित गर्दै नचाहिँदो कुरामा उत्ताउलिएको आरोप लगाएका छन् । सोमबार सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नचाहिने कुरामा रमाउने र नचाहिने कुरामा उत्ताउलिने परिपाटी नेपालीमा विकास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘एउटाले भुलचुकले कुनै गीत निकाल्यो, जनताले मन पराएनन् उनी आफैंले युटुबबाट हटाए त कुरै सकियो । हामी नचाहिने विषयमा रमाउने र नचाहिने कुरामा उत्ताउलिने गरेका छौं ।’ प्रधानमन्त्री ओलीले भने । ‘कता हो मैले पनि सुने लुट् लुट् गरिखाएर केही पनि पाईँदैन । सकेको लुट् भन्ने गीत निकालेरे भन्ने सुनेँ । त्यो जनताले मननपराएपछि युटुबबाट हटाए ।’ 

उनले काँग्रेस सांसद अमरेश कुमार सिंह प्रति लक्षित गर्दै एउटा सांसदले २५ हजार रुपैयाँ इनाम दिएको सुन्दा भने आफूलाई आश्चर्य लागेको बताए । उनले भने ‘त्यस्तो राम्रो महान् गीत लुटेर खान सिकाउने, नेपाली जनतालाई सुहाउने खालको गीत किन हटाएको युटुबबाट राख्नुपर्छ । हाम्रो त बाटै त्यही हो । २५ हजार त्यस गीत बापत पुरस्कार दिन्छु भन्नुभएछ । त्यो आश्चर्य लागेको छ ।’

उनले सरकारले सो गीत हटाउनको लागि सरकारले केही पनि नभनेको भन्दै त्यो जनताले नचाहेको कारण नै उनले युटुबबाट हटाएको दाबी गरे । उनले सरकारले यस्तो कुनै दबाब नदिने भन्दै मात्रै सुमार्गमा हिड्नको लागि आग्रह गर्ने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ