arrow

नेपाल भारत जोड्ने झोलुङ्गे पुल ५ दिनका लागि बन्द हुँदै

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ फागुन ८ बुधबार
mahakali-jholungepul.jpg

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला सदरमुकाममा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल मर्मत गर्नु पर्ने भएकाले फागुन ९ गते देखि १३ गतेसम्म दिउँसोको समयमा पुल बन्द हुने भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार मार्फत जनाएको छ ।

पुलमा प्रयोग भएका फलामे प्लेटहरु जिर्ण बन्दै गएको तथा नयाँ प्लेट फेर्नका लागि दिनमा ४ घण्टा पुलमा आवत जावत बन्द गर्न भारतीय प्रशासनबाट नेपाली प्रशासनलाई पत्राचार भएको हो ।
 
दिउँसोको समयमा पुल निर्माणको काम गर्नुपर्ने भएकोले फागुन ९ गतेदेखी १३ गतेसम्म दिउँसो १ बजेर १५ मिनेटदेखी ४ बजेर १५ मिनेटसम्म पुलमा आवतजावत बन्द हुने नेपाली सुरक्षा अधिकारीहरुले बताएका छन ।

भारतीय समय अनुसार दिउँसो १ बजे देखी बेलुकी ४ बजे सम्म पुलमा आवत जावत बन्द गरिए पनि अन्य समयमा भने आवत जावत खुला गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ