arrow

दौरा सुरुवाल लगाएर पहिलो पटक गर्बिलो महसुस गरे बाबुराम भट्टराईले

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
baburam-daura-surubal.jpg

काठमाडौं। नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिलो पटक गर्बिलो महसुस गरेका छन्। राष्ट्रको कार्यकारी भइसकेका बाबुरामले पहिलो पटक जीवनमा दौरा सुरुवाल लगाएको गर्व प्रस्तुत गर्दै देश अनुसारको भेष भन्दै खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरेको बताएका छन्।

ट्वीटरमा तस्वीरसहित ट्वीट गर्दै उनले गर्बिलो महसुस गरेको सन्देश दिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शासकहरुको पोशाक हो भन्दै दौरा सुरुवाल आफूले लगाएका थिएनन्। दौरा सुरुवाल नेपालको राष्ट्रिय पोशाक भए पनि उनले त्यसको विरोध गरे। 

तर त्यही पोशाक नेपाली थुप्रै जातजातिको पोशाक हो भन्ने भुलेका थिए। अहिले भने देश अनुसारको भेष भनी लगाउँदा उनको कतै प्रशंसा त कतै आलोचना भएको छ।

ट्वीटरमा उनले तस्वीरसहित सन्देश पोष्ट गरेपछि थुप्रै कमेन्ट आएका छन्। ती कमेन्टहरु सकारात्मकदेखि नकारात्मकसमेत छन्। 

गुरु मुरारी लेख्छन् –‘आज बल्ल जुरेछ राष्ट्रीय पोशाक लगाउने दिन। खुशी लाग्यो सुहाएको पनि छ। यो पोशाकको अन्‍तर्राष्ट्रिय परिचय मेटाउने काम स्वयंले गरेको होईन र ??’

सुरेश श्रेष्ठ लेख्छन्, ‘महाकबि लक्ष्मी प्र देबकोटा को हरफ याद आयो –“आखिर ईश्वर रहेछ एक !”

प्राप्ति बस्नेतको ट्वीट यस्तो छ – ‘तपाईले नलगाऊनु भएको भए हाम्रो दऊरा सुरुवालको ईज्जत रहने थियो।’

तुम्बाहाङको ट्वीट यस्तौ छ –‘दौरा सुरुवाल नेपालका थुप्रै जातिहरुको मौलिक पोशाक हो,जस मध्य किरातीहरुको पनि हो,किराती पुरुषको दौरा सुरुवाल र महिलाको फरिया चोली नै जातिय पोशाक हो,पुर्व शासकहरुले दौरा सुरुवाल लगाएर कुशासन गरे र कर्मचारीले यहि पोशाक लगाएर भ्रष्ट बने,घुस खाए अनि यो पोशाकलाई केहिले गलत देख्न पुगे।’

शैलेन्द्र प्रसाद श्रेष्ठ लेख्छन् –‘अत्यन्त सुहाएको छ। प्रधानमन्त्री हुँदा लगाउनु भएको भए कति वाई वाई पाउनु हुन्थ्यो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ