arrow

नेकपा एकता निल्नु र ओकल्नु, बैठक जारी

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
ncp-balwatar.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता निल्नु न ओकल्नु जस्तो भएको छ । यसका लागि प्रयास भने जारी छ । 

पार्टी एकता कार्यदल र सचिवालयको संयुक्त बैठक बालुवाटारमा बिहीबार बिहानदेखि जारी छ । सचिवालयले पार्टी एकताका लागि सहमति जुटाउन गठन गरेको कार्यदलसँग छलफल गरिरहेको हो । 

 कार्यदलले अपूर्ण प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि सहमति जुटाउन शीर्ष तहमै छलफल भईरहेको छ । यसैको लागि सचिवालय र कार्यदलको संयुक्त बैठक डाकिएको हो । 

नेतृत्वतहमै खिचातानी र अन्तरविरोध चलिरहँदा बिहीबार पनि एकतामा सहमति निस्कनेमा भने आशंका छ । कार्यदलमा देखिएको अन्तरविरोधले जताततै असर पारिरहेको छ । 

नेकपाभित्र एक अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा अनिच्छा देखाउन थालेको आरोप लाग्दै आएको छ । अर्कातिर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओलीसंग टाढिन खोजिरहेका छन् । 

भेनेजुएला काण्डपछि नेकपाभित्र प्रचण्ड र ओली पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ । 

गत जेठ ३ गते पार्टी एकता भए पनि अझैसम्म स्थानीय तहमा पूर्ण एकता हुन नसक्दा नेकपाभित्र भाँडभैलो जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ