arrow

चौधरी फाउण्डेसनको पहलमा ४ सय ७६ जनाले पाए निःशुल्क कृत्रिम खुट्टा

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
kritim-khutta.jpg

नवलपुर । ४ सय ७६ जनालाई हिड्ने बनाएर नवलपुरमा जारी निःशुल्क कृत्रिम खुट्टा जडान शिविर सम्पन्न भएको छ । चौधरी फाउण्डेसन, भारतीय दुतावास, श्री भगवान महाविर विकलाङ्ग सहायता समिति जयपुर र सहज सामुदायिक अस्पतालको आयोजनामा सो शिविर संचनलन  गरीको थियो।

सहज सामुदायिक अस्पतालबाट मात्रै ४१८ जना र काठमाडौंबाट ५८ जना गरि ४ सय ७६ जनाले कृत्रिम हात खुट्टा जडान गरेका हुन् । शिविरको बिहिबार सहज सामुदायिक अस्पताल गैंडाकोट ४ मा समापन गरिएको छ । समापन समारोहमा सहज सामुदायिक अस्पतालका पुर्व अध्यक्ष करुणासागर सुवेदीले ५२ जनालाई हात, ३७१ जनालाई खुट्टा, ६४ जनालाई दुवैखुट्टा, १३ जनालाई क्यालिपर, ८ जनालाई दुवै क्यालिपर गरि ४ सय ७६ जनालाई ५ सय ८ वटा सामाग्री प्रदान गरिएको जानकारी दिए।

कार्यक्रममा चौधरी उद्योग ग्रामका प्रवन्धक सनिल नेपालले ६२ जिल्लाका ३ सय ५९ जना पुरुष र ११७ जना महिलालाई सो सेवा उपलव्ध गराईएको बताए। उनले सोचे अनुरुप शिविर सफलतापुर्वक सम्पन्न भएको बताए । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कृत्रिम हात खुट्टा जडानका लागि एक सेन्टर आवश्यक रहेकोमा जोड दिए। नगरपालिकाले पनि यसअघि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै उनले सहज सामुदायिक अस्पताललाई सेन्टर बनाउने कार्य भईरहेकोमा सो कार्यलाई नगरपालिकाले सहयोग गर्ने बताए ।

जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले निजि क्षेत्रबाट सामाजिक उत्तरदायित्वका यस कार्यबाट व्यक्तिले लाभ लिनु खुसीको कुरा भएको बताए । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले मानविय सहयोग जस्तो महान कार्य गैंडाकोट ४ मा हुनु खुसीको कुरा भएको बताए।

 चौधरी उद्योग ग्रामका सामाजिक उत्तरदायित्व सि एस आर रामचन्द्र धितालले कृत्रिम हात खुट्टा जडानका लागि अझै माग रहेकाले आगामी दिनमा यस कार्यलाई निरन्तर अघि बढाउने बताए। पुस २७ देखि ३० गते सम्म काठमाडौंको नर्भिक अस्पताल र गत माघ ३ गतेदेखी ८ गतेसम्म सहज सामुदायिक अस्पताल गैंडाकोटमा शिविर सञ्चालन भएको थियो । शिविरमा ६२ जिल्ला मध्ये सवैभन्दा बढि नवलपरासीबाट ९८ जना, चितवनबाट ७९, रुपन्देहीबाट २९, तनहुँबाट २५ र मकवानपुरबाट २३ जनाले कृत्रिम हातखुट्टा जडान गरेका छन् ।

नेपालमा करिब एक लाख मानिसका लागि कृत्रिम हात खुट्टा आवश्यकता पर्ने सरकारी डाटा रहेको जनाईएको छ । नेपालमा अझै कृत्रिम हात खुट्टाको माग रहेकाले सहज अस्पतालमा एक सेन्टर स्थापना गर्ने तयारी भईरहेको सो अवसरमा जनाईएको छ । सहज सामुदायिक अस्पतालका उपाध्यक्ष डिल्लीप्रसाद सिग्देलको अध्यक्षता भएको समापन समारोह लक्ष्मी भट्टराईले सहजिकरण गरेका थिए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ