arrow

बारको चुनावको लागि लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा, कसलाई के जिम्मेवारी ?

भण्डारी, पौडेल र कटुवालको संयोजकत्वमा समिति गठन

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
DLA_pokharel_news.jpg

काठमाडौं । कानून व्यवसायीहरुको सर्वाेच्च संस्था नेपाल बार एशोसिएसनको आसन्न निर्वाचनको लागि लोकतान्त्रिक कानून व्यवसायीहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच लोकतान्त्रिक कानून व्यवसायी संघ९डिएलए० ले २५ जना उम्मेदवारहरुको उम्मेदवारी घोषणा गरेको हो । 

एक जना अध्यक्ष सहित एक जना महिला उपाध्यक्ष, सात वटै प्रदेशबाट प्रदेश उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, दलित सदस्य एक जना, मधेशी सदस्य उपत्यका भित्र र बाहिरबाट गरी क्रमशः एक एक जना, उपत्यका भित्र र बाहिरका आदिवासी जनजाती कोटामा क्रमशः एक एक जना, उपत्यका बाहिरको कोटामा महिला सदस्य, एक जना, खुल्ला महिला सदस्य एक जना, उपत्यका बाहिरको सदस्य कोटामा एक जना, र ६ जना खुल्ला सदस्य सहित कूल २५ जना कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उम्मेदवारी घोषणा भएको हो ।

आगामी चैत १६ गते हुने नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि लोकतान्त्रिक समूहले उठाएका यी उम्मेदवारहरु नमूना उम्मेदवार रहेको दाबी संघको छ । उनीहरुले यो पटकको चुनावी एजेण्डा पेशागत हित संवैधानिक सर्वाेच्चताको रक्षा, स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको रक्षा तर्फ केन्द्रीत हुने संघका पदाधिकारीहरुले दाबी गरेका छन् । 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले डिएलएको प्रतिबद्धता नै स्वतन्त्र न्यायपालिका, सक्षम न्यायपालिका, लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रता रहेको भन्दै यसैको आधारमा डिएलएका गतिविधिहरु सञ्चालन हुने बताए । यसै अन्तर्गत् अहिलेका उम्मेदवारहरुको एजेण्डा पनि यसैमा केन्द्रीत हुने जानकारी दिए । अध्यक्ष अधिकारीले अहिलेको सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको भन्दै त्यसलाई कानून व्यवसायी संस्थाको हिसावबाट सरकारको यो गतिविधि विरुद्ध लड्नको लागि पनि जिताउनै पर्ने दाबी गरे ।

डिएलएले यी उम्मेदवारहरुको चयन गर्नको लागि वरिष्ठ अभिवक्ता वसन्तराम भण्डारीको नेतृत्वमा १३ सदस्यीय छनोट कमिटि गठन भएको थियो । सोही समितिको सुझाव अनुसार डिएलएले कानून व्यवसायी सुनिल कुमार पोखरेलको नेतृत्वमा २५ सदस्यीय प्यानल तयार पारेको हो । विधानमा नै उल्लेख भए बमोजिम डिएलएले छनोट समिति गठन गरिएको हो । 

चुनावका लागि कसलाई के को जिम्मेवारी ?
चुनावको लागि डिएलएले विभिन्न समितिहरुको गठन पनि गरेको छ । जस अन्तर्गत् निर्वाचनको व्यवस्थापकीय कार्य गर्नको लागि वरिष्ठ अभिवक्ता वसन्तराम भण्डारीको नेतृत्वमा निर्वाचन परिचालन मूल समारोह समितिको नामबाट जिम्मेवारी तोकिएको छ । निर्वाचार प्रचारप्रसार तथा व्यवस्थापन समितिको नामबाट अर्काे समिति गठन गरिएको छ । जसको नेतृत्व अधिवक्ता राजु कटुवालले गरेका छन् । कटुवाल डिएलएका उपाध्यक्ष समेत हुन् । 

अर्काे तर्फ मतदाता व्यवस्थापन समन्वय समिति नामबाट पनि अर्काे समिति गठन गरिएको छ । जुन समिति वरिष्ठ उपाध्यक्ष सुरेश पौडेलको संगोजकत्वमा गठन गरिएको छ । यससँगै चुनावको तयारीको लागि अन्तर सरकारी समन्वय समिति, महिला समिति लगायत समिति मार्फत् जिम्मेवारी बाँडफाँड गरिएको छ ।   

उम्मेदवारी घोषणा पछि आफ्नो प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेदवार पोखरेलले आफू नेतृत्वको टीम वर्तमान परिप्रेक्षमा सरकारको व्यवहार, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको अवधारणा रक्षा गर्नको लागि सक्षम रहेको प्रतिक्रिया दिए । यो टीम अनुभवी रहेको भन्दै न्यायमा सबैको पहुँच पुर्‍याउन र कानून व्यवसायीहरुको पेशागत हीतको लागि यो टीम आवश्यक र अपरिहार्य रहेको बताए । 

को को छन् उम्मेदवार ?

Image may contain: 23 people, people smiling



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ