arrow

भैँसी चराउन जङ्गल जाने बालिकालाई पटक–पटक करणी गरेको अभियोगमा ६५ वर्षीय सिंहेश्वरलाई ६ वर्षको कैद

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
prisoner-jail.jpg

सप्तरी ।  हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा छ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई सो कैदसहित रु ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको अदालतका कर्मचारी तीर्थ शर्माले बताए। उनका अनुसार अदालतमा आई झुठा बकसपत्र गरेको कसुरमा उजुरकर्ता एवं पीडितका बुबालाई समेत रु ५०० जरिवाना गरिएको छ ।

भैँसी चराउन जङ्गल जाने गरेकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालयले आरोपीलाई गत जेठ २७ गते पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपी पाण्डेय गत असार १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ