arrow

महायज्ञ सफल बनाउन सिख समुदाय अग्रसर

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
sikh.JPG

वीरगंज । वीरगंजमा हुन लागेको ४६ औं अश्वामेध गायत्री महायज्ञ सफल बनाउन वीरगंजका सिख समुदाय अग्रसर देखिएका छन् । उनीहरुले पावरहाउस चोक नजिक रहेको गुरु द्वारमा अन्तक्र्रिया गर्दै वीरगंजको मेयर तथा महायज्ञ मुल आयोजक समितिका संयोजक विजयकुमार सरावगीलाई यस्तो प्रतिबद्धता गरेका छन् ।

फागुन १९ गते देखि २२ गते सम्म चल्ने चार दिने महायज्ञ नेपाल र वीरगंवासीकै लागि गौरबको कुरा भएकोले यस्तो धार्मिक कार्यक्रममा सहभागी भइ पूण्यको भागी बन्न मेयर सवारगीले गरेका थिए । गुरुद्वाराले महायज्ञको समयमा वीरगंज आउने श्रद्धालु भक्तजनमध्ये १०० जनालाई खाना बस्न र सुत्ने व्यवस्था मिलाउने जनाएको छ ।

महायज्ञका सहभागीहरुको समान तथा गेटमा फुकाल्ने जुता चपलको व्यवस्थापनमिलाउने कार्यमा पनि सिख समुदाय सक्रिय रहने जनाइएको छ ।यसैवीच,उक्तसमुदायले आवश्यकता अनुसार महायज्ञसमतिसंग समन्वय गर्दै गुरुद्वारा एवं महायज्ञ क्षेत्रमा दैनिक निशुल्क भोजन तथा खाजाको कार्यक्रम पनि  संयोजक गरिने छ ।

छलफल कार्यक्रममा गुरुद्वारा समितिका अध्यक्ष सरदार भजन सिंह,उपाध्यक्ष हरवश सिह ,महासचिव सरदार जसबिर सिंह,सचिव अमरजित सिंह,वरिष्ट सल्लाहकार श्रीमति रमणीक कौर,कोषाध्यक्ष मोहन सिंह,अमरजितसिंह,महेन्द्र सिंह,रंजित सिंह पूजारी हरमित सिंह,कर्णवीर सिंहलगायतको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ