arrow

आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
pakrau-new.jpeg

काठमाडौँ । प्रहरीले लागुऔषध बिक्री वितरण गर्ने तथा सरकारी छाप कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सुजन मगर र उनका भाइ २७ वर्षीय सुरेश रहेका छन् । पक्राउ परेकामध्ये सुजनले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित रुद्रप्रसाद दुलालको घरमा डेरा लिई बसेका थिए ।

सुजनको कोठाबाट लागुऔषध फेनरागन १६ थान, नर्फिन ११ थान र डाइजेल्याप १४ थान, विभिन्न कम्पनीका मोबाइल १८ थान, ल्यापटप र क्यामेरा एक÷एक थान तथा विभिन्न कार्यालय तथा सङ्घसंस्थाका छाप १८९ थान बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

उक्त छाप सुजनका भाइ सुरेशले बनाएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । निज सुरेशले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित ‘तावी इन्टरनेशनल कन्सल्टेन्सी’ मा छापा मारी प्रहरीले विभिन्न सङ्घ संस्थाका ‘लेटरप्याड’, प्रमाणित गरिएका विभिन्न प्रदेश, नगर तथा गाउँपालिका, वडा कार्यालयलगायत विभिन्न विद्यालयका लेटरप्याडमा विभिन्न व्यक्तिका विवरण भरी कार्यालयको छाप र दस्तखत गरी प्रमाणित गरिएका दस्तावेज बरामद गरेको छ । त्यस्तै केही नलेखिएका खाली ‘लेटरप्याड’समेत फेला परेको उहाँले जानकारी दिए।

त्यसैगरी विदेशी रकम साट्ने भनी ठगी गर्ने तीन जनालाई गोङ्गबूबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली डकाहा सिरतोली गाउँपालिका–९ का ३४ वर्षीय धर्मसिंह घिसिङ, गिनाखु गाउँपालिका–२ का २७ वर्षीय लालबहादुर घिसिङ र नवलपरासी गैडाकोट नगरपालिका–३ का उपबहादुर गाहा मगर रहेका छन् ।

उनीले गोङ्गबू, सामाखुसी र नयाँ बसपार्कलगायत इलाकबाट विदेशी रकम साट्ने भनी ठगी गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, साउदी दिराम, कतारी रियाललगायतका रकम बरामद गरेको छ । उनीहरुले विदेशबाट आएका व्यक्तिलाई विदेशी रकम सस्तोमा दिने भनी देखाउने, कुनाकाप्चामा साट्ने भनी लाने र रकम लिएर भाग्ने तथा कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले आज जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ