arrow

सरकारी चिकित्सक संघको सरकारलाई तीन दिने अल्टिमेटम

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
godan-logo.jpg

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । सरकारी चिकित्सक संघ (गोदान) ले आईतबार एक विज्ञप्ती जारी गर्दै आफ्ना मागहरु पूरा गर्न सरकारलाई समय दिएको हो । 

संघले कर्मचारी समायोजन विधेयकविरुद्ध पहिलेदेखि नै आन्दोलन गर्दै आएको छ । लामो समयसम्म पनि सरकारले आफूहरुको मागमा बेवास्ता गरेको भन्दै संघले समय नै दिएर माग पूरा गर्न सचेत गराएको हो । 

संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले आफूहरुको माग पूरा गर्न सरकार उदासिन रहेको आरोप लगाएका छन् ।उनले सरकारकै कारण सरकारलाई अल्टिमेटम दिनु परेको समेत बताए । उनले शनिबारको बैठकले यस्तो निर्णय गरेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ