arrow

बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नु पर्ने माग

logo
मुरली गोडिया,
प्रकाशित २०७५ फागुन १२ आइतबार
Bardiya_District.png

बर्दिया । बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभिनु पर्ने भन्दै जिल्लाका सरोकारवालाहरुले माग गरेका छन् । बर्दिया जिल्लालाई विकासको मुलधारमा ल्याउनका लागी कार्णली प्रदेशमा नै मिलाउनु पर्ने भन्दै माग गरिएको हो ।

यस जिल्लामा आर्थिक तथा भौतिक विकास गर्न कर्णाली प्रदेशबाट नै सहज हुने जिल्लाका सरोकारवालाहरुको भनाई रहेको छ । ल्याउन नसकिने भन्दै कर्णाली प्रदेशमा मिसाउन माग गरिएको हो । आईतबार गुलरियामा पत्रकार सम्मेलनको आयोजना गरी बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउन औपचारिक रुपमै माग गरिएको हो ।

बर्दिया जिल्ला कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नजिक पर्ने र सो प्रदेशलाई समेत भारतीय सीमासँग करीडोर मार्फत जोड्न सकिने तथा समग्र बर्दिया जिल्लाको भौतीक, आर्थिक विकासका लागि कर्णाली प्रदेशमा उपयुक्त देखिएको बर्दिया विकास सरोकार मन्चका संयोजक दिनेश प्रसाद श्रेष्ठको भनाई छ ।

 पत्रकार सम्मेलनमा बोल्दै संयोजक श्रेष्ठले बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिलाउनले यातायात दुरी र सुगमता हुने, कृषी र सिंचाईमा सहजता, विधुत आपुर्ती र औद्योगीक विकास, बर्दिया राष्ट्रिय निकुञ्ज, निर्माणाधिन भेरीबबई डाईभर्सन, उत्तरी नाका सम्मको पहुँच लगायतका विषयमा बर्दियालाई सहज हुने बताए।

बर्दिया जिल्ला सृष्टी र सभ्यताको आरम्भ देखी नै कर्णाली प्रदेशको समतल भुभागको रुपमा निरन्तर रहि आएकोले कर्णाली र यसको सहायक नदीहरुको करिडोर भएरै आदीकाल देखी गंगा यमुना र अझ त्यसदेखी दक्षिणको कृष्णा कोवरी गोदावरी नदी सभ्यताले  कैलाश मान सरोबर उक्लेर मोक्षको यचना गर्ने गरेको एवं बर्दिया जिल्ला कर्णाली प्रदेशीय हिमाली तथा पर्वतीय वसोबासहरु र समतल व मैदानी बसोबासहरुको विचको आवागमन व्यपार, बस्तु विनिमय, खाद्य आपुर्ति, औषाधिय जडिबुटी, पर्यटन, तिर्थाटन आदी समेतको सन्धी स्थल रहि आएको बर्दियाका सरोकारवालहरुको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ