arrow

प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
union-kaski.jpg

पोखरा। नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नविन सिग्देल बिजयी भएका छन् । आइतबार भएको मतदानमा सिग्देल ७७ मतसहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धीमाधव रेग्मीले ६६ मत पाए भने अर्का उम्मेदवार यदुनाथ बञ्जराले १७ मत पाए ।

उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा सर्वसम्मत चयन भए भने महिला उपाध्यक्षमा रवी आले (रविना) चयन भईन् । सचिवमा प्रदीप पौडेल निर्वाचित भए । मतदानमा ८० मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी भुपाल गुरुङले ५९ मत ल्याए भने अर्का उम्मेदवार सन्दिप पौडेलले २० मत पाए ।

कोषाध्यक्षमा विजय लम्साल निर्विरोध चयन हुँदा सह सचिवमा पनि ज्योति हमाल निर्विरोध भईन् । अध्यक्ष र सचिव बाहेक सबै पदहरुमा सर्वसम्मत भएको हो । सदस्यहरुमा खुलातर्फ कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ, मधु अधिकारी, सम्राट गुरुङ, सुभाष पौडेल, अनिषा श्रेष्ठ, सुभाष आचार्य र महेन्द्र ढुंगाना तथा महिला सदस्यमा सपना अधिकारी, भावना श्रेष्ठ र दलित सदस्यमा विजय नेपाली चयन भएका छन् ।

कास्कीको नवौं अधिवेशनले केन्द्रिय र प्रदेश पार्षदहरु पनि निर्विरोध चयन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ