arrow

आइतबार रातिदेखि वर्षा र हिमपात

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
weather.jpg

काठमाडौँ । आइतबार रातिदेखि देशभरको मौसममा सामान्यतया बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ ।

मौसमी बदलीसँगै सोमबार पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार पश्चिमी क्षेत्रमा मौसममा सामान्यतया बदली रही उच्च पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ