arrow

हिन्दू–मुस्लिम युवायुवतीको विवाह

logo
तारानाथ आचार्य,
प्रकाशित २०७५ फागुन १३ सोमबार
bride-and-groom-call-off-wedding.jpeg

बलेवा ।  सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गर्नुभएको छ । बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गर्नुभएको थियो ।

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गर्नुभएको हो । दुईवर्ष अघिदेखि चिनजान भएपछि उहाँले नेपाली भाषा सिक्न थाल्नुभएको थियो । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उहाँले विवाहका लागि तयारी गर्नुभएको थियोे । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत जानुभएको थियो । केटीका तर्फभने अभिभावक नभए पनि उहाँले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आउनुभएको थियो । सफिकले पाकिस्तानी बाबुआमास“ग पनि सहमति लिएको बताउनुभयो ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताउनुभयो । ‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भन्नुभयो, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताउनुभयो । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गर्नुभयो । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ