arrow

पुलवामामा आक्रमणको बिरोधमा नेपालस्थित पाकिस्तानी दुताबास अगाडि प्रदर्शन

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
pakistan-ambessy.jpg

काठमाडौं । भारतको पुलवामामा भएको आतंककारी हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउदै एक समुहले नेपालस्थित पाकिस्तानी दुताबास अगाडि बिरोध प्रदर्शन गरेको छ । ४० जनाभन्दा बढि भारतीय सेनाको ज्यान लिने गरि गरिएको आतंककारी हमलामा पाकिस्तानको संलग्नताको आरोप लगाउदै सो समुहले काठमाडौं महाराजगञ्ज स्थित पाकिस्तानी दुताबास अगाडि बिरोध प्रदर्शन गरेको हो ।

हातमा बुद्ध र मदर टेरेसाका तस्वीरसहितका प्लेकार्ड बोकेका उनिहरुले 'रगतको होलि खेल्न बन्द गर' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । पुलवामामा घटनापछि भारत पाकिस्तानको सम्बन्ध अत्यन्‍तै चिसिएको छ । दुई देशबिच तनाव जारी रहदा नेपालमा समेत भएको यो प्रदर्शनले पाकिस्तान माथि दबाब पर्न सक्ने देखिएको छ ।

दूतावास अगाडि भएको बिरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको थियो ।    

पुलवामा आक्रमणमा पाकिस्तानले परिचालित गरेका आतंककारीहरु संलग्न रहेको भारतको आरोप रहदै आएको छ । पाकिस्तानले भने सो कुरा नकार्दै आएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ