arrow

राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ बुधबारदेखि

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
RPP-N111.jpg

बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन १५ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्ने भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी १५ दिने अभियानबारे पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । “ताप्लेजुङको पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी यात्रा शुभारम्भ गरिनेछ”, उनले भने, “अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ ।”

पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन गरिने पार्टीले जनाएको छ । यात्राका क्रममा २५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री लिङ्देनले बताए ।

 “हाल यो यात्रा ३६ जिल्लामा दुई हजार ८०७ किलोमिटरको हुनेछ”, उनले भने। यात्राका क्रममा प्रत्येक दिन यात्रा प्रारम्भ र विश्राम धार्मिक अनुष्ठान हुनेछ भने यात्रामा सनातन धर्म, परम्परा, संस्कृति एवम् राष्ट्रियता झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ