arrow

पाँच वर्षमा पनि बनेन वीपी स्मृती प्रतिष्ठानको भवन

logo
जनक बोहरा,
प्रकाशित २०७५ फागुन १४ मंगलबार
bp-koirala.jpeg

बाजुरा । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको नाममा निर्माण हुन लागेको वीपी स्मृती प्रतिष्ठान भवन निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेको छ । निर्माण कार्य सुरु भएको ३ वर्ष वित्दा पनि निर्माण कार्य हुन नसकेको वीपी स्मृति बाजुराका अध्यक्ष धनराज पण्डितले जानकारी दिए।

उनले दिएको जानकारी अनुसार भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण कार्यालयबाट आर्थिक वर्ष ०७०-०७१ र ०७१-०७२  का लागि ९ लाख रुपैयाँ आएपनि रकम अपुग भएपछि निर्माण कार्य वीचमै रोकिएको बताए।

७० जेठबाट निर्माण कार्य संचालन गरी ७२ असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार रकम अपुग भएपछि निर्माण कार्य बीचैमा राकिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मथुराराज पण्डितले बताएका छन् ।
 
वीपी भवन निर्माण लागि०७०-०७१ मा चार लाख पचास हजार र ०७१-०७२ मा सोही रकम सहरी विकास तथा भवन निर्माण कार्यालयबाट बजेट विनियोजन भएको हो । भवन निर्माणको रकम जग्गा खरिदमा केही लगानी गर्दा भवन निर्माण गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष पण्डितले स्वीकार गरेका छन् ।
 
पूर्व प्रधानमन्त्री कोइरालाको नाममा निर्माण हुन लागेको एक तले भवन पाँच वर्ष हुँदा निर्माण हुन सकेको छैन । भवन निर्माणका लागि यहाँका विभिन्न स्थानीय तहसंग बजेट माग गर्दा पनि बजेट नदिदा समयमै निर्माण कार्य हुन नसकेको बीपी भवन स्मृति प्रतिष्ठान बाजुराका सचिव चक्रराज जोशीले बताए।
 
६ लाखमा भवन खरिद

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद कोइरालाको नाममा भवन निर्माणका लागि जग्गा खरिद गरिएको छ । भवन निर्माण कार्य गर्न ५४० वर्ग मिटर ६ लाखमा जग्गा खरिद गरिएको बीपी स्मृति प्रतिष्ठान बाजुराले जनाएको छ ।  भवन निर्माण गर्न खरिद गरिएको जग्गा उक्त निर्माण कार्य अधुरै रहेकाले जग्गा प्रयोग विहिन हुन पुगेको बताइएको छ ।

भवन निर्माणका लागि जग्गा खरिद गरिएको भएपनि रकम अभावका कारण निर्माण कार्य अधुरै रहेको प्रतिष्ठानका कोषध्यक्ष राधिका सिंहले बताएका छन् । उनले प्रतिष्ठानको भवन निर्माण गर्न जिल्लाका ९ स्थानीय तह  र अन्य सरोकारवालासंग समन्वय भइरहेकोले छिट्टै निर्माण कार्य सुरु गर्ने बताए  । हालसम्म कुनै पनि स्थानीय तहले बजेट नदिएकाले निर्माण कार्य अधुरै रहेको प्रतिष्ठान अध्यक्ष धनराज पण्डितले स्वीकार गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ