arrow

उड्न सक्दैन भनेको केही क्षणमा दूर्घटनाको खबर आयो : नागरिक उड्ययन प्राधिकरण

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
civil_aviation.jpeg

काठमाडौं । नेपाल नागरिक उड्डययन प्राधिकरणले उड्न सक्दिन भनेको केही क्षणमा दूर्घटनाको खबर आएको स्पष्ट पारेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता प्रतावबाबु तिवारीले ताप्लेजुङको टावरमा पौने १ बजे हिउँ परिरहेकोले उड्न नसक्ने पाईलटले जानकारी दिए । 
 
तिवारीका अनुसार ताप्लेजुङको पाथिभरा मन्दिरमा दर्शन गरिसकेपछि पाईलट प्रभाकर केसीले अहिले हिउँ परिरहेकोले उडान भर्न नसक्ने बताएका थिए । तर, त्यसपछि केही पनि सम्पर्क हुन नसकेको र एक्कासी हेलिकप्टर दूर्घटना भएको जानकारी आएको स्पष्ट पारेका छन्।

पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको छ। ताप्लेजुङ जाने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर दूर्घटना भएको हो ।

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए ।

ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ । अहिले त्यहाँ झण्डै ४० जना जति स्थानीय र आधा दर्जन जति प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ