arrow

अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
mahayagya1.jpg

वीरगन्ज । वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ आयोजक समितिले बुधबार आर्दशनगर स्थित रगंशालामा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराएको छ ।  पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एव वीरगन्ज महानगरपालिकाको मेयर विजय कुमार सरावगीले महायज्ञको तयारी अन्तिम चरणमा  पुगेको बताउदै यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सुनिश्चित भइसकेको जानकारी गराए ।

 उनले १९ गते महायज्ञको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने र यज्ञको समापन २२ गते प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताए। राष्ट्रपति भण्डारीले उदघाटन कार्यक्रमको  पहिलो चरणमा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्ने र त्यसपछि युग निर्माणको लागी बनाईएको प्रदर्शनीको उदघाटन गर्ने कार्यक्रम रहेको बताए । चार दिन सम्म हुने महायज्ञमा प्रत्येक दिन भिआईपीहरुको सहभागिता  रहने महायज्ञ समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

२० गतेदेखि शुरु हुने यज्ञहवनमा ७५३ जना मुख्य जजमानहरुले पुजा गर्ने छन, भने हरेक पाटकमा ३ हजार भक्तजनले पनि यज्ञमा सहभागिता जनाउदै गायत्री विधिअनुसार होम तथा पुजापाठ गर्न  सक्छन, मेयर सरावगीले भने, करिब ६० हजारले महायज्ञमा हवन गर्ने व्यवस्था मिलाइएको छ । दर्ता नगराएका भक्तजनहरुलाई हवन पछि सर्वसाधारणको लाइनमा बसेर पुजा तथा  हवन गर्न पाईने छन । महायज्ञमा हुने अपार सहभागीतालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले अन्यबिदाहरुमा मिलान हुने गरी महायज्ञ अवधिभरी वीरगन्जका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा सार्वजनिक विदा दिईएको छ । प्रत्येक बर्षमा दिइने ९ दिने जाडो विदामा कटौती गरेर ४ दिन महायज्ञ अवधिभर सार्वजनिक विदा दिने व्यवस्था मिलाइएको उनको भनाइ रहेको थियो  ।

यज्ञ अवधिभर नगरक्षेत्रमा माछा, मासु तथा मदिरा विक्री वितरणमा पनि प्रतिबन्ध लगाईएको छ, धार्मिक यज्ञ भएकोले महानगरमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वमा नगरक्षेत्रमा संचालित माछा,मासु तथा मदिरा विक्री वितरण गर्ने सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गरिने छ, अटेरी गर्नेलाई स्थानिय सरकारको कानुन बमोजिम  कारवाही समेत गरिने मेयर सरावगीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ