arrow

कांग्रेस संसदीय दलद्वारा मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । 

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । 

दुर्घटनामा मन्त्रीसहित वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो । 

“शालीन तथा भद्र व्यक्तित्वका युवा एवं जुझारु नेता अधिकारीको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ, उहाँहरुको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

 काङ्ग्रेस संसदीय दलले दिवङ्गत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ