arrow

मुलुकभर वर्षा र हिमपात, अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
ktm-bad-weather.jpeg

काठमाडौँ । पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ ।

मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । यद्यपिमध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहने महाशाखाका वरिष्ठ मौसमविद् सुदन सुवेदीले जानकारी दिए।

गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौँ उपत्यकाको वरपर आज बिहान हिमपात भएकाले यहाँ चिसो बढेको उनले बताए। गत २४ घण्टामा काठमाडौँको अधिकतम् तापक्रम १६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो ।

आज दिउँसो पनि सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना हुने महाशाखाले जनाएको छ ।

शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ । त्यस्तै शनिबार पनि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ