arrow

उपत्यकाको तापक्रम अचानक घट्यो, डाँडाकाडा ढाक्यो हिउले 

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
snow-bhaktapur.jpg

काठमाडौं। उपत्यका आसपासका क्षेत्रको तापक्रम अचानक शुन्य डिग्रीभन्दा तल झरेसंगै डाडाँभरी हिउ परेको छ। केही दिनदेखि बिहानको तापक्रम ६, ७ डिग्री  हुने गरेकोमा उपत्यका आसपासका पहाडी क्षेत्रमा अचानक तापक्रम घटेर शुन्यभन्दा कम भएकाले पानीका थोपा हिउँमा परिणत भई झरेको मौसमबिद मीन कुमार अर्यालले बताए।

उपत्यकामा बिहान ८ डिग्री सम्म पुगेकोमा आज बिहान २ डिग्री सम्म झरेको थियो। पश्चिमी बायुसंगै स्थानीय बायु मिसिएर रातभर परेको पानी संगै मध्य क्षेत्रको पहाडी भुभागमा तापक्रम शुन्यमा झरेकाले हिउ परेको उनले बताए। उपत्यकाको  पुर्वी भागतिर यसको  प्रभाब बढी परेकाले त्यस क्षेत्रमा बढी हिमपात भएको हो। उपत्यकाको दक्षिण पुर्वी भागमा हिउ अत्यधिक परेको छ। अब पश्चिमबाट मौसममा सुधार आएपनि मध्य भुभागको पहाडी भुभागमा भोलीदेखि मात्रै सुधार हुनेछ। 

उपत्यकाको २५ सय मिटर भन्दा माथी हिउ पर्ने गरेपनि यसपाली १२ बर्षपछि अत्यधीक उपत्यका छेउका डाँडामा बाक्लो हिउ परेको हो। यसअघि २०६३ सालमा यो भन्दा कम उपत्यकामा हिउ परेको थियो। विशेषगरी उपत्यकाका डाँडाकाँडा छेउछाउँका भागमा बाक्लो हिउँ परेको छ। ललितपुरको लेले, गोदावरी, बडिखेल, चापागाउँ, लुभू, लामाटार, फूल्चोकी  तथा भक्तपुरको सुर्यविनायक, कटुन्जे, बालकोट लगायतका स्थानमा हिउँ परेको छ। यसैगरी काठमाडौँका चन्द्रागीरी ,शिवपुरी तथा काभ्रेको सांगा , बनेपा धुलीखेलमा पनि हिउँ परेको छ। उपत्यकाबासीले हिउँ परेपछि चिसो महशुस गरेका छन्। 

उपत्यका वरपरका डाँडामा सेताम्मे हिउँ परेको रमणीय दृश्य पनि देखीएको छ। आफ्नो घर आँगन, कौशीमा परेर आएको हिउँ खेल्न उपत्यकावासी हौसिएका छन्। हिउ खेल्न उपत्यकावासीहरु बिहानै देखी झुम्मिएका छन्। आज दिउसो देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली हुने,पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। हिउदको समय सकेर प्रि मनसुन सुरु हुनका लागि स्थानीय  वायुको प्रभाव र पश्चिमी वायुको प्रभावले पानी लामो समयसम्म परेको मौसमबिद अर्यालले बताए। 
उच्च हिमाली भूभागमा अत्यधिक हिमपात भएको छ।

Image may contain: tree, outdoor and nature

Image may contain: snow and outdoor

Image may contain: 1 person, outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ