arrow

चार बालिकालाई यौनजन्य हिंसा गरेपछि प्रधानाध्यापकलाई पाँच वर्षको कैद

logo
लक्ष्मीप्रसाद सापकोटा,
प्रकाशित २०७५ फागुन १६ बिहिबार
prisoner-jail.jpg

पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।  जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।

विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी चार बालिकालाई विद्यालयमा यौन हिंसा गरेको आरोपमा गत साउन ६ गते प्रधानाध्यापक ५० वर्षीय पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पीडित बालिकाका अभिभावकले प्रहरीमा गत साउन ६ गते नै उजूरी दिएका थिए ।

आरोपित कुँवरलाई गिरफ्तार गरी प्रहरीले यौनजन्य हिंसा अपराधअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाउपर अदालतले सात वर्षीया दुई बालिकालाई यौन अपराध गरेको हकमा पाँच वर्ष र सोभन्दा माथिल्लो उमेरका बालिकाको यौन अपराधमा चार वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ