arrow

शव पहिचान गर्न निरन्तर १२ घण्टा : अंगरक्षक अर्जुनकुमार घिमिरेको शव पहिचान गर्न सबैभन्दा कठिन

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
arjung-army.jpg

काठमाडौं। दुर्घटनामा मृत्यु भएकाको शव पहिचान गर्न निरन्तर १२ घण्टा लागेको  शिक्षण अस्पतालका फोरेन्सिक मेडिसिन बिभागका प्रमुख प्रा डा हरीहर वस्तीले बताए। मृतक सात मध्ये मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शव पहिचान गर्न निकै गाहो भएको भएपनि अन्य ६ जनाको पहिचान भएकाले बाँकी एक जना उनकै शव हो भन्ने भएको डा वस्तीले जानकारी दिए। कसैको लक्षणसंग मेल नखाएको र एक जना बाँकी भएको हिसाबले उक्त शव घिमिरेकै हो भनेर बाइ एक्सक्लुजन बैज्ञानिक पद्धति अनुसार पहिचान गरिएको थियो।

शव पहिचानका लागि कसैको पनि डिएनए जाँच गर्नुपर्ने आवश्यकता नपरेको र शवको फिंगर प्रिन्ट तथा उनीहरुले लगाएका धातुका सामानका आधारमा पहिचान गरीएको हो। मृतक सबैको शब परिक्षणका लागि  हिजो दिउसो २ बजेदेखि आज बिहान २ बजेसम्म निरन्तर १२ घण्टा लागेको थियो।

शवको प्रकृति हेर्दा पहिचान गर्न निकै गाहो थियो। मन्त्री अधिकारी बाहेकका अन्य सबै शव जलेको अबस्थामा फेला परेको थियो। मन्त्री अधिकारीको शव नजलेपनि कपडा खोलेर छुट्टै राखिएकाले पहिचान गर्न मुस्किल भएको थियो तर फिंगर प्रिन्टका मद्धतले पहिचान गर्न सफल भएको वस्तीले सुनाए।

चारवटाको शवका औला नजलेकाले फिंगर प्रिन्ट तथा उनीहरुको नागरीकतामा रहेका फिंगर प्रिन्ट संग ट्याली गरेर हेरिएको थियो। 
एक जनाको दातबाट पहिचान भएको थियो। एक जनाको खुट्टाबाट पहिचान भयो। बाटा कम्पनीको जुत्ता लगाएको छ भन्ने जानकारीको आधारमा छुट्टिएर आएको खुट्टाको पहिचान गरिएको थियो। यसको आधारमा छुट्टिएर आएको शरीरका भागको पहिचान गर्न सफल भएको थियो।

कतिपयको एक हात नै नभेटिएको तर यो भनेको जलेर त्यो भाग खरानि नै भएको हो। सुरुमा सबैको पहिचान गर्न गाहे भएपनि उनीहरुका बारेमा प्रबिधिको सहयोगले पहिचान गर्न सफल भएको उनको भनाई छ। 

मृतकका आफन्तसंग सबैभन्दा पहिला उनीहरुको पुर्ण बिवरण लिइएको थियो। जस्तो की अप्रेशन गरेको थियो की, अप्रेशन गर्दा शरीरमा स्टिल राखिएको थियो की , कपडा के लगाएको, शरीरका कुनै अंग निकालेको वा कोठी लगायतका कुरा सोधिएको थियो। 

पहिचान गर्न जुन तरिका अबलम्बन गरियो त्यसबाट नै सहि छनौट भएकाले त्यसलाई अब डिएनए टेष्ट गर्न नपर्ने वस्तीले बताए। यदी यो तरिकाले पहिचान नभएको भएमा डिएनए गर्नुपर्ने भएमा एक सातादेखि महिनौसम्म लाग्थ्यो । जुन कार्य गर्न नपरेको उनले बताए।

बुधबार भएको घटना भए पनि घटनास्थलबाट शव संकलन र काठमाडौं ल्याउन नै समस्या भएको थियो। सातै शव हिजो दिउँसो मात्र काठमाडौं ल्याउन सम्भव भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ