arrow

सरकारी छाप कीर्ते गर्ने पक्राउ

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
pakrau-new.jpeg

काठमाडौँ ।महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट नक्कली प्रमाणपत्रसमेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।

 महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक मोहन थापाले उनीहरुको विषयमा आज जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गर्न लागिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ