arrow

सरकारको एक वर्षे कार्यकाल पूर्ण असफल : कार्की

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
gyan-bahadur.jpg

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार बनेको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । सरकारमा गएर चर्का नारा लगाउने तर नारा अनुरुप काम गर्न नसकेकाले सरकार असफल भएको उनको टिप्पणी थियो ।

“राजनीतिमा नारासँग व्यवहार र विकास जोडन सक्नुपथ्यो तर सरकार त्यसो गर्न सकेन ।” स्याङ्जाको वयरघारीमा संचालन भएको १० दिने तेस्रो बयरघारी रमाईलो मेलाको उद्घाटन गर्दै कांग्रेस नेता कार्कीले भने, “स्थिर सरकारले एक वर्ष एउटा पनि स्थिर विकास निर्माणको आरम्भ गर्न सकेन ।” हरेक क्षेत्रमा सरकार असफल भएको उनको जिकिर थियो ।

“बैदेशिक लगानी भित्र्याउन सरकारले कुनै पहल गरेको छैन् र सक्दैन् पनि ।” पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले भने, “हुनत सरकारले सरकार असफल भयो भनेर कांग्रेसले लगाउने आरोप मात्र हो भन्ला तर ओली नेतृत्वमा बनेको सरकारका गतिवीधि हरेक सुचांकमा नकारात्मक रहेको तत्याङ्क स्पष्ट छ ।”

एक वर्षमा सरकारले एउटा पनि दिगो विकासको संरचना बनाउन नसकेको कार्कीले दाबी गरे । “प्रत्येक लिटर पेट्रोलियम पदार्थ बेच्दा जम्मा भएको केहि रकमले बुढिगण्डकी बनाउन खोजिएको थियो ।” कार्कीले भने, “राष्ट्रबादको चर्को नारा दिने सरकारले बुढिगण्डकी निर्माणको जिम्मा चाईनालाई दिएर राष्ट्रघात गरेको छ ।” विकासका गफ दिने तर विकासका नाममा ढलेको सिन्को नउठाउने कस्तो विकास हो ? कार्कीको प्रश्न थियो ।   

मेलाको उद्घाटनमा बोल्दै कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङ्ले भ्रष्टाचार शुन्य बनाएर सदाचार स्थापना गर्ने सरकारको लक्ष्य शुन्यप्राय रहेको बताए । हत्या हिंसा, बलात्कार, भ्रष्टाचार र महंगी बढ्दै जा“दा समेत सरकार कानमा तेल हालेर सुते जस्तो भान गरेको उनको आरोप थियो ।

“भ्रष्टाचारीको अनुहार समेत हेर्दिन भन्ने प्रधानमन्त्री हरेक पाइला भ्रष्टाचारीसँग छ ।” कांग्रेसका प्रभाबशाली युवा नेता गुरुङ्ले भने, “पानीजहाज, रेलका कुरा गरेर प्रधानमन्त्रीले आमनागरिकको दैनिकीसँग खेलवाड गरेका छन् ।” ठिक छ, पानीजहाज र रेल पनि ल्याउला तर दैनिक रुपमा जनताले कस्तो सास्ती सहेका छन्, त्यस तर्फ ध्यान दिन उनले सरकारसँग आग्रह गरे ।

एउटा बालिका निर्मला पन्तको बलात्कारी तथा हत्यारा पत्ता लगाउन असफल सरकार चर्का नारा लगाएर समय बिताएको उनले बताए । “वाईडबडी जहाज खरिद प्रकरणमा न्यायिक आयोग बनाएर प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको प्रमाण दिएका छन् ।” नेता गुरुङ्ले भने, “वाईडबडी, निर्मला हत्या, भ्रष्टाचार, महंगी जस्ता काण्डैकाण्ड मच्चाउन सरकार तल्लिन छ ।”

त्यस अवसरमा बोल्दै कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, स्वतन्त्रता सेनानी सुर्यप्रसाद रेग्मी, भीरकोट नगरका प्रमुख छाया“राम खनाल, उपप्रमुख सिमा कर्माचार्यले आधुनिकताका नाममा मौलाउदै गएको विकृतीलाई रोक्न मेलाले स्थानीय कला संस्कृती जर्गेना गर्ने विश्वास व्यक्त गरे ।

मेलाको उद्घाटनका अवसरमा कांग्रेस नेता नसिबदिन मिया“, गोविन्द कर्माचार्य, महिला संघका उपसभापति सरस्वती तिवारी, व्यवसायीहरु अर्जुनप्रसाद खनाल, नुवादत्त अर्याल, अर्जुनप्रकाश अर्याल, तोयनाथ अर्याल लगाएतका वक्ताहरुले बोलेका थिए ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि तेस्रो वयरघारी मेला आयोजक आ“धीखोला पीस युथ क्लव वयरघारीका अध्यक्ष राजकुमार गुरुङ्को अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमको संचालन तुलसी प्रबासले गरे भने स्वागत दिपेन्द्र के.सी.ले गरेका थिए ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ