arrow

मण्डिखाटार र बालाजुबाट हराएको मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
pakrau.JPG

काठमाडौं ।  महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो ।

तामाङले बा९८प ५०८६ नंको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा६५प ५६४० नंको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ