arrow

आतंकवादीलाई आश्रय नदिन पाकिस्तानलाई शान्ति समाजको आग्रह

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
puluwa.JPG

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवादको निन्दा गरेको छ ।  समाजले पाकिस्तान सरकार समक्ष आतंकवादीलाई आश्रय नदिन आग्रह गरेको छ ।

समाजका तर्फबाट सभापति उत्तम पुडासैनीद्वारा जारि विज्ञप्तिमा दक्षिण एशियाली सहयोग संगठन सार्कलाई सक्रिय बनाउन भारत समक्ष आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भारत र पाकिस्तानबीचको तनाव घटाउन विवेकसम्मत कदम चाल्न शान्ति समाज आग्रह गरेको हो ।

कास्मिरको पुलवामामा भएको आत्मघाती आक्रमणमा भारतीय सुरक्षा निकाय सीआरपीएफका ४४ भन्दा बढीको मृत्यु पश्चात भारत–पाकिस्तानबीच बढ्दो तनावले दक्षिण एशियाको शान्ति खलबलिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले सदैव आतंकवादको निन्दा गर्दै आएको छ । शान्ति समाजले सदैव युद्धको विरुद्धमा र शान्तिको पक्षमा अभियान सञ्चालन गर्दै रचनात्मक संवादमा जोड दिँदै आएको छ ।

शान्ति समाजद्वारा संचालित एक अभियानका क्रममा पुर्व घोषित ३ वटा धर्ना मध्ये संघीय संसद भवन अगाडि फागुन २२ र २९ गते गर्ने भनिएको धर्ना पछिल्ला केही घटनाक्रमका कारण स्थगन गरिएको जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ