arrow

अनुशासन मिच्ने डिआईजीको गाडीमाथि कारबाही 

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
DIG_car.jpg

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियम विपरित पार्किङ गरेको आरोपमा डिआईजीको गाडीलाई कारबाही गरेको छ । शुक्रबार नर्भिक अस्पताल अगाडि बा १ झ ६४०८ नम्बरको गाडी पार्किङ निषेध लेखिएको ठाउँमा पार्किङ गरेको भन्दै ट्वीटरमा समीरमणि दीक्षितले फोटो सार्वजनिक गरेका थिए । उनले सानालाई कारबाही हुन्छ भने यो डिआईजीको गाडीमाथि कारबाही हुन्छ कि हुँदैन ? भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई प्रश्न गरेका थिए । 

आईतबार ट्राफिक महाशाखाले सो गाडीलाई कारबाही स्वरुप ५ सय रुपैयाँ तिराईएको चीट र ग्लोबल आईएमई बैंकमा पैसा तिरेको भौचर समेत सार्वजनिक गरेको छ । सो गाडीका चालक छत्रबहादुर थापाको नाममा सो चीट काटिएको थियो । उनले रकम समेत बुझाईसकेको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ