arrow

जीपी कोइराला फाउण्डेशन धनकुटा गठन

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
bijaya-santoshi.JPG

धनकुटा । शान्ति तथा क्रान्ति नायक पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइरालाा फाउण्डेशनको धनकुटा जिल्ला समिति र क्षेत्रिय समिति र स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आज नियुक्ति  प्रदान गरी तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

जीपी  कोइरालाा फाण्डेशन १ नम्वर प्रेदश समितिका संयोजक इन्दिरा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु घनेन्द्रराज श्रेष्ठ,लतिल वहादुर चेम्जोङ्ग,दुर्गा सुवेदी,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगा ढुंगाना,जिल्ला सदस्यहरु खेमराज पौडेल,लेखनाथ पौडेल, नेपाल दतिलसंघ धनकुटका अध्यक्ष शिव विक,एन प्यापसनका प्रदेश नम्वर १ का सचिव राजन पौडेल ,नेपाल निर्माण व्यावसायी संघ धनकुटका अध्यक्ष अर्जुन केसी,नेपाली कांग्रेस चानुवाका पार्टी सभापति तथा वडाध्यक्ष भरत चापागाई लगायतले गिरिजा प्रसाद कोइरालाा सवैको प्रेरणाको स्रोत र कान्ति तथा शान्ति नायक भएको वताउदै उहाको नाममा स्थापित जिपी कोइरालाा फाउण्डेशनका जिल्ला ,क्षेत्र र स्थानीय तहका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

जिपी कोइराला फाउण्डेशन धनकुटा जिल्ला समितिको संयोजकमा गणेश प्रसाद चापागाई,सहसंयोजक राजेन्द्र पौडेल, सचिव ध्रुब राय, सहसचिव चकेन्द्र वस्नेत,कोषाध्यक्ष करुणा कटुवाल र सदस्यहरुमा हरी दियाली, हिमा चेमजोङ्ग ,देवी घिमिरे,धन वहादुर मगर,मणी चेम्जोङ्ग,अर्जुन केसी,रुपमान तामाङ्ग, घनेन्द्र सुब्बा र क्षेत्र नं. १ को संयोजकमा दुर्गा सुवेदी,क्षेत्र नं. २ को संयोजकमा भरत चापागाई र चौविसे गाउपालिकाको संयोजकमा ललित वहादुर चेम्जोङ्ग लाई र १ नम्वर प्रदेश सदस्यमा गंगाराम ढुंगानालाई नियूक्ति गरिएको जिपी कोइरालाा फाउण्डेशन प्रदेश नम्वर १ का संयोजक इन्दिरा थापाले पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा नवनियूक्त जीपी फाउण्डेशनका सहसंयोजक राजेन्द्र पौडेल,सहसचिव चकेन्द्र वस्नेत,सदस्यहरु हरी दियाली,कोषाध्यक्ष करुणा कटुवाल लगायतले प्रतिवद्धता व्यक्त गरेका थिए । जीपी कोइरालाा फाउण्डेशनले  चैत्रमा जिल्लामा जिपी कोइरालाा फाउण्डेशनका केन्द्रिय अध्यक्ष पूर्व उपप्रधानमन्त्री सुजता कोइरालााको प्रमुख आथित्यमा गर्ने १ नम्वर प्रदेशका संयोजक इन्दिरा थापाले वताइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ