arrow

न्यायपालिकाको सुधारमा लागिरहेको छु : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

logo
रासस,
प्रकाशित २०७५ फागुन २० सोमबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताएका छन्। कानून व्यवसायी क्लबको मुखपत्र ‘कानून’ द्वयमासिक पत्रिकाको वार्षिकोत्सवका अवसरमा आज आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू लागिरहेको बताएका हुन्।

प्रधानन्यायाधीश जवराले सुशासनबाट नै स्वतन्त्र न्यायपालिकाको रक्षा हुने र जनविश्वासमा वृद्धि हुने उल्लेख गर्दै न्याय क्षेत्रमा स्थापित पुरस्कारले यस क्षेत्रमा काम गर्नका लागि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे। क्लबले यस वर्षको कानून सम्मान पुरस्कार पूर्वप्रधानन्यायाधीश रामकुमार साहलाई प्रदान गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले रु एक लाख एक हजारको पुरस्कारसहित पूर्वप्रधानन्यायाधीश साहलाई सम्मान गरेका हुन्। पूर्वप्रधानन्यायाधीश साहले न्यायपालिकाप्रति अनावश्यक टीकाटिप्पणी हुँदा आफूलाई नराम्रो लाग्ने गरेको सुनाए।

कानून उत्कृष्ट पुस्तक पुरस्कार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलाई प्रदान गरिएको छ। उनलाई रु ७५ हजार राशिको पुरस्कार प्रधानन्यायाधीश राणाले प्रदान गरे। कानून युवा पुरस्कार अधिवक्ता शरद कोइरालाले प्राप्त गरे। त्यो पुरस्कारको राशि रु ५१ हजार रहेको छ। कानूनमा उत्कृष्ट लेखनमा १६ जनाले प्राप्त गरेका छन्। उनीहरुलाई ताम्रपत्रसहित पाँच हजार राशिको पुरस्कार प्रधानन्यायाधीश राणाले प्रदान गरे।

नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले निर्दोष नागरिकलाई थुनेर उसका कुरा सन्नुभन्दा पनि सुनेर मात्र थुन्नुपर्नेमा जोड दिए। ‘कानून’ पत्रिकाका सम्पादक रत्न खरेलले कानून पत्रिका कानूनका क्षेत्रमा नियमित निस्काले पत्रिका हो। यसको १३१औँ अङ्कसम्म प्रकाशन भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ