arrow

काज सरुवाको २१ दिनमै तानिए दार्चुलाका डीएसपी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ फागुन २० सोमबार
dsp.JPG

दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख २१ दिनमै फेरिएका छन् । काज सरुवा गरिएका दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजाल पुनः साबिककै दरबन्दीमा पठाइएका हुन् ।

सोमबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीमा उनको ठाउँमा डीएसपी दिपेन्द्र शाहीलाई पठाइएको छ । यसअघि डिएसपी नवराज अधिकारीले जिल्लाको नेतृत्व गरेका थिए ।

उनको एसपीमा बढुवा भएसंगै उनि जिल्ला बाट बाहिरिएका हुन । अहिले दार्चुलामा प्रहरी नायब उपरीक्षक रिक्त रहेको छ । त्यसको जिम्मेवारी प्रहरी निरीक्षक कुबेर कठायतले सम्हालेका छ्न ।

रिजाल यसअघि २८ माघमा महानगरीय प्रहरी पहरागञ्ज, सामाखुशीबाट दार्चुला सरुवा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ