arrow

मन्त्रिमण्डल पुनःगठनको तयारी छैन : अध्यक्ष प्रचण्ड

logo
रासस,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
pmprachandadahal.jpeg

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पारे। पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए।

“वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुन्छ”, उनले भने, “विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुनेछ।” उनले दुवै पार्टीको एकिकरण कार्य अन्तिम चरणमा पुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको प्रष्ट पारे।

उनले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत नियन्त्रणमा ल्याउने विचार व्यक्त गरे। शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा(माओवादी)ले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो बेलाको हातहतियार कसरी कहाँबाट आयो भन्नेकुरा थाहा नभएको उनले प्रष्ट पारे।

सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो। उनले राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिए। “राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा कुनै जानकारी आएको छैन”, उनल भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ