arrow

प्रचण्डद्वारा पार्कको अवलोकन, भने - ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
pmprachandadahal.jpeg

उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका छन् ।

नेपालसहित छवटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भने । उनले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिएका थिए । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिए ।

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिंदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले ‘फनपार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन् । कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ