arrow

'सिण्डिकेटधारी संघ- समितिलाई सरकारले नै संरक्षण गर्‍यो'

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
Sarbajanik_Yatayat.jpg

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले सिन्डिकेट प्रणालीलाई खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म यसको कार्यान्वयन पक्षमा चुकेको आरोप लगाएको छ । महासंघले सिण्डिकेट हटाउनको लागि सरकार गम्भिर नभएको र दोहोरो भूमिका निर्वाह गरिरहेको आरोपसमेत लगाएको छ ।

मंगलबार महासंघले रिपोर्टर्स क्लब नेपालमा ‘नेपालमा सिन्डीकेटरहित यातायात सेवाको आवश्यकत्ता र चुनौती’ बिषयक अन्र्तक्रिया कार्यक्रम गर्दै यस्तो आरोप लगाएको हो । महासंघले सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गरि गुमराहमा राख्नेजस्ता कार्य गरेको पनि गम्भिर आरोप लगाएको छ ।

सरकारको पछिल्लो कदमप्रति आम उपभोक्ता तथा सिन्डिकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुमा शंका र निराशा पैदा भएको महासंघको ठहर छ । त्यस्तै, पछिल्लो समय यातायात क्षेत्रमा पैदा भएका अन्यौलग्रस्त अवस्थाको अन्त्य गर्न सरकार गम्भिर बन्नुपर्नेमा हासंघको जोड छ ।

राष्ट्र र जनताको हितमा काम गर्ने तथा सरकारको निति, नियम पालना गर्ने, आम सार्वजनिक यातायात व्यवसायीहरुलाई आफ्ना सवारी साधनहरु कम्पनी ऐन–२०६३ अनुसार दर्ता गर्नुको विकल्प नभएको पनि महासंघको ठहर छ । महासंघले भनेको छ,‘त्यसकारण यथासिघ्र दर्ता गरि सिन्डिकेट रहित सार्वजनिक यातायात सेवा प्रदानका लागि आजैका मितिदेखि यस महासंघमा आवद्ध भई आफ्नो पेशागत हकहितको संरक्षणको लागि सहकार्य गर्न सबैमा हार्दिक अपिल गर्दछौं ।’

महासंघले पर्यटन प्रर्वद्धन गर्न पर्यटकीय र औद्योगिक क्षेत्र र बढि जनसंख्या भएको स्थानहरुमा पर्याप्त र सुविधासम्पन्न सवारी साधनहरु सञ्चालन गर्नुपर्नेमासमेत जोड दिएको छ । त्यस्तै, यात्रुको हित र सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुमा यात्राको लागि ‘ई–टिकेट’ प्रणालीपनि लागु गर्ने महासंघले विश्वास दिलाएको छ ।

महासंघले विद्यमान सवारी ऐन र योसँगै सम्बन्धित अन्य ऐन, कानून, नियम र निर्देशिकाहरुलाई सरल र व्यवहारिक बनाउनको लागि सरकारसँग आग्रह गरेको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले यातायातको क्षेत्रमा बिभिन्न संघ संगठनहरुको जन्म भएपनि सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय कामहरु नभएको गुनासो पोखे । पछिल्लो समय मुलुकमा सवारी दुर्घटनाहरु बढ्दै गएको भन्दै उनले लाखौं जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस सार्वजनिक यातायात क्षेत्रमा भएको कमिसनतन्त्र, घुसखोरी, माफियातन्त्र, दलाली, यात्रु ठगि, एकाधिकार अधिपत्य र सिन्डिकेटजस्ता विकृति विसंङगतिहरुको अन्त्य हुनुपर्नेमा जोड दिए ।

स्वस्थ एवं प्रतिस्पर्धात्मक वातावरणबाट सर्वसुलभ, सुरक्षित र गुणस्तरिय सार्वजनिक यातायात सेवा प्रदान गर्नु पाउनु आजको आवश्यकता रहेको उनले स्पष्ट पारे । उनले भने,‘सिन्डीकेट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन गरियोस ।’

आम हडतात तथा बन्दको कार्यक्रम गरेरभन्दा सिन्डीकेट हटाएर नेपालमै रोजगारी गरौँ, आम्दानीका श्र्रोत बढाऔँ, कर तिरौँजस्ता कुराहरुमा महासंघको जोड रहेको उनको भनाई थियो ।

अहिले यातायातको क्षेत्रमा निजी क्षेत्रले गर्दा आम नागररिकको दैनिकीमा सहजता पुगेको भन्दै उनले बिदेशी गाडीलाई नेपालमा चल्न प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए ।

यातायात दर्तादेखि प्रहरीको चिटसम्म व्यवसायीहरुले बिभिन्न बाधा र ब्यवधानको सामना गर्नुपर्ने झन्झट रहेकाले सरकारलाई राजश्व तिर्दापनि सेवामुलक काम गर्न सहज वातावरण बनाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

महासंघका उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले नेपालमा सार्वजनिक यातायातको क्षेत्रलाई सिन्डीकेटमुक्त बनाउने, यातायात क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउन आफुहरु लागिपरेको उनको धारणा रहेको थियो ।

लाखौ लाख जनताको भविष्यसंग जोडिएको क्षेत्रभित्र पर्ने यातायात ब्यवसायलाई मर्यादित र सुरक्षित बनाउनमा आफुहरु गंभिर रहेको उनले विश्वास दिलाए । उनले सिन्डीकेटरहित गुणस्तरीय सेवा प्रदान गर्न आफुहरु तयार रहेको भन्दै नेपालमा सार्वजनिक यातायातलाई जनमुखि बनाउन सबैमा सहयोगको आग्रह गरेका थिए ।

सरकारले राम्रो निर्णयको तुरुन्त कार्यान्वयन गरेर लाखौ जनताको मुहारमा खुशि ल्याउन ढिलाई नगर्न पनि अनुरोध गरेका छन ।

कार्यक्रममा बोल्दै महासंघका महासचिव गणेश उप्रेतीले निजी क्षेत्रको अरर्बौं लगानी र लाखौ मजदुरको प्रत्यक्ष भविष्य जोडिएको उक्त क्षेत्रका समस्याको तुरुन्त राज्यले समाधान गराउनमा लाग्नुपर्ने बताए ।

उनले यातायात व्यवसायी तथा कम्पनीहरुलाई स्वच्छ, प्रभावकारी, पारदर्शी, मितव्ययी एवं समयसापेक्ष भाडादर कायम गर्न अग्रसर गराई सर्वसाधारण जनताहरुलाई सरल, सुलभ एवम् स्वच्छ प्रतिस्पर्धात्मक ढंगबाट गुणस्तरिय यातायात सेवा उपलब्ध गर्न पाउनुपर्ने आफुहरुको माग रहेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लबका अध्यक्ष सभापति धमलाले देशमा सिन्डीकेट हटाउन धेरै प्रयास भएपनि कार्यान्वयनमा ढिलाई भएको टिप्पणी गरे । यातयात क्षेत्र लाखौको रोजीरोटीको बिषय भएको कारण पनि यो क्षेत्रलाई बिनाअवरोध स्वतन्त्र रुपमा जनताको सेवा÷सुबिधालाई ध्यानमा राखि काम गर्न दिनुपर्ने धारणा राखेका थिए । उनले भने,‘सुरक्षित यातायातबिना देशको बिकास गर्न सकिँदैन, सार्वजनिक यातायातलाई सुरक्षित, सभ्य र प्रविधियुक्त बनाउन सरकारले पनि ध्यान दिनुपर्छ ।’

विद्यमान सिन्डीकेटको अन्त्य गरि बोलेकोे कुरालाई सरकारले तुरुन्त ब्यवहारमा उर्तानुपर्नेमा उनको जोड रहेको थियो । समाज रुपान्तरणको लागि यातायात क्षेत्रमा भएको बिभिन्न समस्याको निराकरण आजको आवश्यकत्ता रहेको सभापति धमलाको भनाई थियो । कार्यक्रममा अधिवक्ता मनिष कुमार श्र्रेष्ठ, संजय केसीलगायतको सहभागिता रहेको थियो ।

सरकारको मापदण्डअनुसार दर्ता भएका, सिन्डिकेटरहित र उपभोक्ताहरुलाई गुणस्तरीय तथा सर्वसुलभ यातायात सेवा दिन प्रतिबद्ध सम्पुर्ण कम्पनी, प्रा.लि. र व्यक्तिहरुलाई समेटेर व्यवसायीहरुको पेशागत हक हितको संरक्षण गर्नको लागि महासंघ पूर्ण प्रतिबद्ध रहेको र उक्ता संस्थालाई विशुद्ध व्यवसायिक एवं सेवामुलक बनाउन महासंघ केन्द्रिय समिति तथा सम्पूर्ण परिवारले दृढ प्रतिवद्धता व्यक्त पनि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ